ताजा अपडेट
भारत र पाकिस्तानबीचको खेल फेरि वर्षाले रोकियो : भारतका प्रमुख तीन खेलाडी आउट
काठमाण्डौ – एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल फेरि रोकिएको छ ।
खेल रोकिनुअघि भारतले ११ ओभर २ बलमा ३ विकेट गुमाएर ५१ रन बनाएको छ ।
भारतका कप्तान रोहित शर्मा ११ रनमा र विराट कोहली ४ रनमा बोल्ड आउट भए ।
पाकिस्तानका तीव्र गतिका बलर शाहिन शाह अफ्रिदीले शर्मा र कोहली विकेट लिएका हुन् ।
रोहित आउट हुनुअघि पनि वर्षाको कारण खेल रोकिएको थियो ।
त्यस्तै हरिस रौफले श्रेयस ऐरलाई १४ रनमा फखार जमानबाट क्याच आउट गराए ।
श्रीलंकाको पाल्लिकेमा भारतले टस जितेर पहिला ब्याटिङ रोजेको हो ।
एसिया कपको आयोजक पाकिस्तान भएपनि भारत नजाने भएपछि श्रीलंकामा खेल भएको हो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया