ताजा अपडेट
भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द

काठमाण्डाै - एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । श्रीलङ्काको क्यान्डीमा खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । यो नतिजासँगै पाकिस्तान समूह ‘ए’ मा ३ अङ्ककासाथ सुपर फोरमा पुगेको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनको फराकिलो अन्तरले हराएको थियो ।
हिजो टस जितेर पहिला ब्याटिङ गरेको भारत ४८ ओभर ५ बलमा २ सय ६६ रनमा अलआउट भएको थियो । भारतका लागि इशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय इनिङ खेले । पान्ड्याले ८७ र किशनले ८२ रन बनाए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रौफ र नसिम शाहले समान ३/३ विकेट लिए ।
जितका लागि २ सय ६७ रनको लक्ष्य पाएको पाकिस्तानले पानी परेपछि पारी शुरु गर्न पाएन । भोलि क्यान्डीमा नेपाल र भारतबीच खेल हुनेछ । यो खेलको विजेता टोली नै सुपर फोरमा पुग्नेछ । तर वर्षाको कारण अङ्क बाँड्नुपर्ने भएमा भारत सुपर फोरमा जानेछ ।
एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन् । आज समूह ‘बी’ का अफगानिस्तान र बङ्लादेशबीच लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे खेल हुनेछ । यो समूहमा बङ्लादेश पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो ।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
बयालपाटा अस्पतालको स्वामित्व र व्यवस्थापन सुदूरपश्चिम प्रदेश सरकार मातहत लगिने
-
यस्तो छ संघिय सरकारको १९ खर्ब ६४ अर्ब ११ करोडको बजेटको पूर्णपाठ
-
संघीय बजेटमा अटाएका सुदूरपश्चिमका यी योजना
-
अछाम पुगेर पूर्व उपराष्ट्रपतिले सम्झिए मङ्गलसेन घटना- ७ दिन सर्वे, एकैचोटी आक्रमण
-
धनगढी उपमहानगरपालिका– ५ का वडाध्यक्ष शाहीले विवाह खर्च कटाएर खोले ‘एनिमल सेल्टर’
प्रतिक्रिया