ताजा अपडेट
भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द
काठमाण्डाै - एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेल वर्षाका कारण रद्द भएको छ । श्रीलङ्काको क्यान्डीमा खेल रद्द भएसँगै दुवै टोलीले एक/एक अङ्क बाँडेका छन् । यो नतिजासँगै पाकिस्तान समूह ‘ए’ मा ३ अङ्ककासाथ सुपर फोरमा पुगेको छ । पाकिस्तानले पहिलो खेलमा नेपाललाई २ सय ३८ रनको फराकिलो अन्तरले हराएको थियो ।
हिजो टस जितेर पहिला ब्याटिङ गरेको भारत ४८ ओभर ५ बलमा २ सय ६६ रनमा अलआउट भएको थियो । भारतका लागि इशान किसन र हार्दिक पान्ड्याले अर्धशतकीय इनिङ खेले । पान्ड्याले ८७ र किशनले ८२ रन बनाए । पाकिस्तानका लागि शाहिन शाह अफ्रिदीले ४ तथा हरिस रौफ र नसिम शाहले समान ३/३ विकेट लिए ।
जितका लागि २ सय ६७ रनको लक्ष्य पाएको पाकिस्तानले पानी परेपछि पारी शुरु गर्न पाएन । भोलि क्यान्डीमा नेपाल र भारतबीच खेल हुनेछ । यो खेलको विजेता टोली नै सुपर फोरमा पुग्नेछ । तर वर्षाको कारण अङ्क बाँड्नुपर्ने भएमा भारत सुपर फोरमा जानेछ ।
एसिया कपको समूह ‘ए’ मा नेपाल, भारत र पाकिस्तान छन् । समूह ‘बी’ मा बङ्लादेश, श्रीलङ्का र अफगानिस्तान छन् । आज समूह ‘बी’ का अफगानिस्तान र बङ्लादेशबीच लाहोरमा नेपाली समय अनुसार दिउँसो सवा ३ बजे खेल हुनेछ । यो समूहमा बङ्लादेश पहिलो खेलमा घरेलु टोली श्रीलङ्कासँग ५ विकेटले पराजित भएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया