Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

पश्चिम सेतीको विस्तृत अध्ययन गर्न भारतीय टोली आयोजना स्थलमा

पश्चिम सेतीको विस्तृत अध्ययन गर्न भारतीय टोली आयोजना स्थलमा

धनगढीः ७५० मेगावाट विद्युत उत्पादन क्षमताको पश्चिम सेतीको विस्तृत अध्ययन गर्न भारतीय टोली आयोजना स्थलमा पुगेको छ। सो आयोजनाबाट ३६० मेगावाट विद्युत उत्पादन हुने ३५ वर्ष अगाडि एक विदेशी कन्सल्ट्यान्ट कम्पनीले अध्ययन गर्दा खुलेको थियो। सन् १९९० मा सरकारले अस्ट्रेलियाको स्नोवी माउन्टेनियरिङ इन्जिनियरिङ कम्पनी (स्मेक)लाई उक्त आयोजनाको थप अध्ययन र विकास गर्न समझदारी गरेको थियो। सात वर्षपछि स्मेकले तयार गरेको विस्तृत इन्जिनियरिङ प्रतिवेदनमा उक्त आयोजनाको क्षमता ७५० मेगावाट हुने देखियो।

तर, काम अगाडि नबढेपछि २०११ मा सरकारले स्मेकसँगको समझदारी रद्द गरेको थियो। अर्को वर्ष चीनको चर्चित कम्पनी चाइना थ्री गोर्जेजले पश्चिम सेती विकासमा चासो देखायो। तर, सन् २०१८ आई पुग्दासम्म आयोजना विकास त भएन बरु सो चिनियाँ कम्पनी नै पछि हट्यो। चिनिया कम्पनीले अलपत्र पारेको पश्चिम सेतीको पुनः अध्ययनका लागि भारतीय कम्पनीसँग सम्झौता गरिएको छ। भारतीय कम्पनी अहिले आयोजना स्तलमा छ। डोटीको आर्दश गाउँपालिका वडा नम्बर ५ सानागाउँका स्थानीय रमेश सिहले भारतीय कम्पनीका प्रतिनिधि पश्चिम सेती निर्माण स्थलमा आइपुगेको बताए। उनले भने, ‘उहाँहरु आउनु भएको हो। अहिले बाटो खराब भएकाले आउनु भएको छैन। दीपायल बस्नु भएको छ। अहिले बाटो पनि बनेको छ। केही दिनमा आउछन भन्ने छ।’
लगानी बोर्ड नेपालले पश्चिम सेती मात्र नभई त्यसको तल्लो तटमा पर्ने सेती नदी ६ अर्थात एसआर सीक्स आयोजनाको विकास अध्ययन समेत भारतको एनएचपीसी कम्पनीबाट गराउने सम्झौता गरेको छ। पश्चिम सेती र एसआर सीक्स जनविद्युत आयोजना एकै नदीमा छन्। ४०/५० किलोमिटरको दुरीमा दुई आयोजनाहरु छन्। डोटी र डडेल्धुराको सीमानामा पर्ने पश्चिम सेती र एसआर सीक्स आयोजनाको अध्ययनका लागि भारतीय कम्पनीले दीपायलमा घरसमेत भाडामा लिएको छ। पश्चिम सेती समाजका अध्यक्ष रतन साउँदले भारतीय कम्पनीका प्रतिनिधि आउने–जाने क्रम जारी रहेको बताए। 

पश्चिम सेती पहिलैदेखि राष्ट्रिय गौरवको आयोजना हो। एसआर सीक्स चाहिँ नम्बर एक प्राथमिकता प्राप्त आयोजना हो। पश्चिम सेती निर्माणमा झन्डै डेढ अर्ब अमेरिकी डलर तथा एसआर सीक्स बनाउन करिब ९० करोड डलर लाग्ने यसअघिको अध्ययनबाट देखिएको थियो। भारतीय कम्पनीले वित्तीय क्षेत्र, भौतिक अवस्था, लाइन विस्तार, वातावरण तथा आयोजनाको विद्युत उत्पादन क्षमता लगायत विषयमा अध्ययन गर्नेछ। पश्चिम सेती समाजका अध्यक्ष रतन साउँदले भारतीय टोली आएको बताए। उनले भने, ‘भारतीय टीम आइरहेको छ। आउने–जाने क्रम जारी छ। अहिले पनि दीपायलमा छन्। उहाँले गहन अध्ययन गर्दैछन्।’

पश्चिम सेतीमा रुचि देखाएको एनएचपीसी भारतको ठूलोमध्येको एक सरकारी कम्पनी हो। सरकारी कम्पनीहरूलाई पैसा जुटाउन पनि धेरै समस्या नहुने तर्क लगानी बोर्डको छ।  पश्चिम सेतीको विस्तृत अध्ययनका लागि भारतीय टोली आयोजना स्थलमा पुगेको छ। अस्ट्रेलियाली कम्पनीले अध्ययन थालेको ३२ वर्षपछि भारतीय कम्पनीले पुनः अध्ययन थालेको हो। लगानी बोर्ड नेपालले भारतको सरकारी कम्पनीलाई पश्चिम सेतीका साथै सेती नदी ६ नामक जलविद्युत आयोजना निर्माणका लागि सम्झौता गरेको हो।

भारतको सरकारी कम्पनी एनएचपीसीले ती दुई आयोजनाको संयुक्त विकास अध्ययनको प्रक्रिया सुरु गरेको हो। ७५० मेगावाट क्षमताको जलाशययुक्त पश्चिम सेती र ४५० मेगावाट क्षमताको अर्धजलाशययुक्त सेती नदी ६ आयोजनाको विकास गर्न वातावरणीयसहितका अद्यावधिक अध्ययन गर्न दुई वर्षको समयसीमा दिएको छ।

प्रतिक्रिया