ताजा अपडेट
भारतले सोमबार धौलीगंगाको बाँध खोल्ने, सतर्क रहन प्रशासनको आग्रह
बैतडीः भारतले सोमवार उत्तराखण्ड राज्यको पिथौरागढ जिल्लाको छिरकिल्ला स्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका ढोका खोल्ने भएको छ।
जिल्ला प्रशासन कार्यालय बैतडीले आज (आइतवार) एक सूचना जारी गरेर भोलि (सोमबार) बिहान ५ बजेदेखि देखि मंगलबार बेलुकी ८ बजेसम्म धौलीगङ्गाको बाँधका ढोका खुल्ने जनाएको छ। भारतीय प्रशासनले सिल्ट सरसफाइ गर्ने भन्दै नेपाली प्रशासनलाई जानकारी दिएको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी शंकरबहादुर बोहराले बताए। बाँधका ढोका खुल्दा महाकाली नदीमा पानी बहाव बढ्ने भन्दै प्रशासनले नदी किनार बस्तीका नागरिकलाई सतर्कता अपनाउन तथा सुरक्षित रहन आग्रह गरेको छ।
सोमबार र मंगलबार दुई दिन बाँधको ढोका खोलिने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। महाकाली नदी किनारमा आवतजावत नगर्न समेत जारी सुचनामा उल्लेख छ। दार्चुलाको व्याँस गाउँपालिका –५ धौलाकोटदेखि बैतडीको पञ्चेश्वरसम्मका नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाएर सुरक्षित ठाउँमा बस्न प्रशासनले आग्रह गरेको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया