Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

दिगो बिकासको लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा गम्भिर हुन जरुरी ः मुख्यमन्त्री शाह

दिगो बिकासको लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा गम्भिर हुन जरुरी  ः मुख्यमन्त्री शाह

सुदुुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दिगो बिकासको लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा गम्भिर हुन जरुरी रहेको बताएका छन । प्रदेश निती तथा योजना आयोग र युएनडीपिको सहकार्यमा संचालन भएको दिगो बिकास सम्बन्धि एक कार्यशालामा शाहले यस्तो बताएका हुन । दिगो बिकासका लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा हामि कहा निर चुक्यो भन्ने कुरा अब बुझ्न जरुरी रहेको शाहले बताए । 
उनले भने, दिगो बिकासका लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा अब हामिले गम्भिर हुन जरुरी छ । दिगो बिकासका लक्ष्य प्राप्ति गर्न हामी कहाँ निर चुक्यौ भन्ने कुरा अब त्यो बुझ्नु पर्छ ।  बिकासलाई कति छिटो गर्ने भन्दा पनि त्यसलाई कसरी दिगो बनाउन सकिन्छ त्यो कुुरालाई हामिले गम्भिर रुपमा  लिए हामिले दिगो बिकासका लक्ष्य प्राप्त गर्न सक्छौ ।  
दिगो बिकासका लक्ष्य प्राप्त गर्न प्रदेश सरकार र स्थानिय सरकार हामि कहाँ निर छौ र कस्तो प्लान बनाउदैछौ भन्ने बारेमा बिशेष ध्यान दिनु पर्ने युएनडीपिका सुदुरपश्चिम प्रदेश प्रमुख बैजन्ती गिरीले बताइन । उनले  प्रदेश सरकार र स्थानिय सरकार, कुनै संसस्थाले मात्र काम गरेर दिगो बिकास लक्ष्यहरु प्राप्त गर्न नसकिने भएकाले यसकालागि सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने बताइन ।
कार्यक्रममा सुदुरपश्चिममा दिगो बिकासको अबस्था के छ । यसका लक्ष्य प्राप्ती गर्न सकिए कि सकिएनन र कसरी दिगो बिकास का लक्ष्यलाई प्राप्त गर्न सकिन्छ भने जस्ता महत्वपुर्ण बिषयमा छलपल भएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाही, युएनडीपिका सुदुरपश्चिम प्रदेश प्रमुख बैजन्ती गिरी, आन्तरिक मामिला तथा कानुन मन्त्री शिबराज भट्ट, आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाही, सामाजिक बिकास मन्त्री झपट साउँद लगायत विभिन्न मन्त्रालयका मन्त्री, बिभिन्न नगरपालिका, गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष समेतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ