ताजा अपडेट
दिगो बिकासको लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा गम्भिर हुन जरुरी ः मुख्यमन्त्री शाह
सुदुुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले दिगो बिकासको लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा गम्भिर हुन जरुरी रहेको बताएका छन । प्रदेश निती तथा योजना आयोग र युएनडीपिको सहकार्यमा संचालन भएको दिगो बिकास सम्बन्धि एक कार्यशालामा शाहले यस्तो बताएका हुन । दिगो बिकासका लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा हामि कहा निर चुक्यो भन्ने कुरा अब बुझ्न जरुरी रहेको शाहले बताए ।
उनले भने, दिगो बिकासका लक्ष्य प्राप्ति गर्ने सन्दर्भमा अब हामिले गम्भिर हुन जरुरी छ । दिगो बिकासका लक्ष्य प्राप्ति गर्न हामी कहाँ निर चुक्यौ भन्ने कुरा अब त्यो बुझ्नु पर्छ । बिकासलाई कति छिटो गर्ने भन्दा पनि त्यसलाई कसरी दिगो बनाउन सकिन्छ त्यो कुुरालाई हामिले गम्भिर रुपमा लिए हामिले दिगो बिकासका लक्ष्य प्राप्त गर्न सक्छौ ।
दिगो बिकासका लक्ष्य प्राप्त गर्न प्रदेश सरकार र स्थानिय सरकार हामि कहाँ निर छौ र कस्तो प्लान बनाउदैछौ भन्ने बारेमा बिशेष ध्यान दिनु पर्ने युएनडीपिका सुदुरपश्चिम प्रदेश प्रमुख बैजन्ती गिरीले बताइन । उनले प्रदेश सरकार र स्थानिय सरकार, कुनै संसस्थाले मात्र काम गरेर दिगो बिकास लक्ष्यहरु प्राप्त गर्न नसकिने भएकाले यसकालागि सबैले आ–आफ्नो क्षेत्रबाट काम गर्नु पर्ने बताइन ।
कार्यक्रममा सुदुरपश्चिममा दिगो बिकासको अबस्था के छ । यसका लक्ष्य प्राप्ती गर्न सकिए कि सकिएनन र कसरी दिगो बिकास का लक्ष्यलाई प्राप्त गर्न सकिन्छ भने जस्ता महत्वपुर्ण बिषयमा छलपल भएको थियो । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाही, युएनडीपिका सुदुरपश्चिम प्रदेश प्रमुख बैजन्ती गिरी, आन्तरिक मामिला तथा कानुन मन्त्री शिबराज भट्ट, आर्थिक मामिला तथा योजना मन्त्री नरेश शाही, सामाजिक बिकास मन्त्री झपट साउँद लगायत विभिन्न मन्त्रालयका मन्त्री, बिभिन्न नगरपालिका, गाउपालिकाका अध्यक्ष र उपाध्यक्ष समेतको उपस्थिति रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया