Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सेती अस्पतालमा सुत्केरी महिलाको मृत्यु

सेती अस्पतालमा सुत्केरी महिलाको मृत्यु

धनगढी: सेती प्रादेशिक अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको छ। कैलालीको जोशीपुर गाउँपालिका वडा नम्बर ४ लालपुर वाणीकी २५ वर्षीया राधा परियारको सोमबार बिहान ८ बजे मृत्यु भएको हो।

शुक्रबार सेती अस्पतालमा आएकि  परियारको सोमबार शल्यक्रिया पश्चात् मृत्यु भएको हो। शल्यक्रिया गरेर निकालिएको शिशुको पेट भित्रै मृत्यु भएको अस्पतालले जनाएको छ। अस्पतालका अनुसार प्रसूति व्यथाको पीडाका कारण शल्यक्रिया पश्चात् मृतक परियार मुर्छा परेको र आइसियुमा राखेर उपचार गर्दा पनि होस नखुलेर मृत्यु भएको प्रारम्भिक जानकारी दिएको छ।

तर, मृतका आफन्तले भने अस्पतालका ड्युटीमा रहेका नर्सिङ स्टाफका कारण राधाको मृत्यु भएको बताएका छन्। मृतक राधाकी जेठानी कल्पना परियारले अस्पतालको लापरबाहीले राधाको मृत्युु हुन पुगेको बताएकी छिन्। शुक्रबार अस्पताल ल्याएर भर्ना गर्दा पनि ठिक समयमा शल्यक्रिया नगरेको कल्पनाले बताइन्। 'हामी बहिनीलाई लिएर शुक्रबार अस्पताल आएका हौँ। आइतबारसम्म हाम्रो मान्छेको शल्यक्रिया गरिएन। बच्चाको टाउको ठूलो थियो भन्ने थाहा हुँदाहुँदै पनि समयमा शल्यक्रिया नगर्दा आमा र बच्चाको ज्यान गएको छ। यसको जिम्मेवारी अस्पतालले लिनुपर्छ। हामी शव उठाउन्नौँ,' कल्पनाले भनिन्।

तीन दिनसम्म अस्पतालमा राख्दा पनि सामान्य सुत्केरी हुन्छ भनेर नर्स र डाक्टरले शल्यक्रिया गर्न नमानेको मृतक राधाकी काकी हेमा परियारले बताइन्। 'व्यथा लागिसकेपछि टाउको ठुलो छ अप्रेसन गर्न भन्यौँ। तर उहाँहरूले नर्मल बच्चा जन्मिन्छ भन्नुभो। जब पाठेघरको पानी सक्किएर ब्लिडिङ हुन थाल्यो तब हत्तपत्त बिरामीको अवस्था गम्भीर भएपछि शल्यक्रिया गरियो। राधा पेटको बच्चाको मृत्यु हुनुमा अस्पताल जिम्मेवार छ,' हेमाले आक्रोशित हुँदै भनिन्।

लामो समयसम्म व्यथा लागेकाले शल्यक्रिया गर्न अनुरोध गर्दा ड्युटीमा रहेका नर्सहरूले उल्टै थर्काएको र अरु अस्पताल लगेर जानू भनेको हेमा र कल्पनाले बताएका छन्। उनीहरूले अस्पतालका नर्सहरूमा बोल्ने सभ्यतासम्म नभएको, बिरामीको पीडा र अवस्था बुझ्न नआउने गरेकाले राधाको मृत्यु हुन पुगेको बताएका छन्।

अस्पताल प्रशासनले यो विषयमा बुझेर थप टिप्पणी गर्ने बताएको छ।

प्रतिक्रिया