ताजा अपडेट
बाजुरामा हराएकी किशोरीको शव फेला
बाजुरा ः बाजुराको हिमाली गाउँपालिकामा एक १४ वर्षीय किशोरीको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत अवस्थामा फेला परेकी किशोरी हिमाली गाउँपालिका –१ नेटाकी स्थानीय तारा थापाकी १४ वर्षीया छोरी सर्पनसिला थापा छन् ।
उनी शनिबार बेलुका घरबाट बेपत्ता भएकी थिइन् । घरबाट हराएकी उनको शव बिछ्याँ खोलामा मृत अवस्थामा भेटिएको हो । स्थानीयहरुले थापा बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए ।
प्रहरी र स्थानीयले खोजतलास गर्दा उनको शव आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।
घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक भण्डारीको भनाइ छ । मृतक किशोरीको शव पोष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा राखिएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया