Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सामाजिक सुरक्षा भत्ता नलिने साउद सम्मानित

सामाजिक सुरक्षा भत्ता नलिने साउद सम्मानित

सामाजिक सुरक्षा भत्ता नलिने फुंगी साउद सम्मानित भएका छन । चाैरपाटी गाउँपालिका वडा नं. ३ डुंग्री बस्ने ७२ बर्षिया साउदले सरकारले दिने जेष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता नलिने स्वेच्छिक घाेषणा गरि भत्ता नलिए पछि एक कार्यक्रमका विच चौरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउँदले खादा, अविर, दाेसल्ला र सम्मानपत्र सहित सम्मान गरिएकाे हाे । वि.स. २०७२ सालमा श्रीमानकाे निधन भएपछि एकल जीवन विताई रहेकी साउदले आफुलाई बाख्रा पालन र कृषि खेतिपातीबाट खाना लाउन पुगि हाल्छ मेराे पाखुरा चल्दासम्म सहयाेग चाहिदैन मलाई सरकारकाे भार हुनु छैन भन्दै सामाजिक सुरक्षा भत्ता नलिने घाेषणा गर्नु भयाे । वडा नं. ०३ का वडा अध्यक्ष विरेन्द्र कुमार साउदकाे अध्यक्षतामा भएकाे सम्मान कार्यक्रममा प्रमुख अतिथी चाैरपाटी गाउँपालिका अध्यक्ष भीम बहादुर साउदले जेष्ठ नागरिक सामाजिक सुरक्षा नलिने नमूना याेग्य कार्यका लागि धन्यवाद व्यक्त गर्दै दिर्घायूकाे कामना गर्नु भएकाे थियाे । अध्यक्ष साउदले सामाजिक सुरक्षा लिने लाभग्राहीलाई समेत भत्ता वापतकाे रकम सहि सदुपयाेग गर्नु पर्नेमा जाेड दिनु भयाे । वडा सदस्य राजु देवि साउदले स्वागत मन्तब्य राख्नु भएकाे कार्यक्रम विशिष्ठ अतिथी चाैरपाटी गाउँपालिका वडा नं. ७ का अध्यक्ष ललित बहादुर बाेगटी,शिक्षा अधिकृत रामचन्द्र जाेशी लगायतले मन्तव्य राख्नु भएकाे थियाे । कार्यक्रमकाे उदेश्यबारे चाैरपाटी गाउँपालिका सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा प्रमुख कालू बाेहरा प्रस्तुत गर्नु भएकाे थियाे । कार्यक्रमकाे सञ्चालन वडा सचिव लाल बहादुर साउदले गर्नु भएकाे थियाे ।

प्रतिक्रिया

ट्रेन्डिङ