Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

जनावरका लागि थापेको विद्युतीय तारमा परेर धनगढीकी मञ्जुको मृत्यु

जनावरका लागि थापेको विद्युतीय तारमा परेर धनगढीकी मञ्जुको मृत्यु

धनगढीः धनगढीमा जंगली जनावरका लागि थापेको विद्युतीय तारमा परेर धनगढीकी मञ्जु कुँवरको मृत्यु भएको छ। धनगढी–३ की अन्दाजी ३२ वर्षीया कुँवरको गएराति ११ बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ।

धनगढी उपमहानगरपालिका–३ स्थित रहेको होल्डिङ सेन्टर नजिकै जंगली जनावरका लागि खेतमा विद्युतीय तार राखिएको थियो। जंगली जनावरबाट धानबाली जोगाउन खेतको आलीमा धराप थाप्ने जंगलिया चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

मृतक महिलाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको प्रहरीले बताएको छ। यस्तै घटनास्थलमा भारतबाट भन्सार चोरी निकासी गरि ल्याइएका केही सामानहरु भेटिएका छन्। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रतिक्रिया

ट्रेन्डिङ