Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

साँफे एयरपोर्ट बजार ब्यावस्थापन समितिले नयाँ शहर साँफेबगर कार्यालयलाई ज्ञापनपत्र बुझायो

साँफे एयरपोर्ट बजार ब्यावस्थापन समितिले नयाँ शहर साँफेबगर कार्यालयलाई ज्ञापनपत्र बुझायो

नयाँ शहर आयोजना कार्यालय साँफेबगर अछामलाई साँफेबगर एयरपोर्ट बजार ब्यवस्थापन समितिद्वारा ध्यानाकर्षण पत्र बुझाइएको छ ।

नयाँ शहर आयोजना कार्यालयले जनताका अपेक्षा , कार्यालयको मापदण्ड र डिपिआर अनुसार काम नगरेको भन्दै ध्यानाकर्षण पत्र बुझाएको हो ।

पहाड बाट भइरहेको बढ्दो बसाइँसराइलाई रोक्ने उद्देश्यका साथ निर्माणका क्रममा रहेकोे पहाडी जिल्लाको सुन्दर नगरी साँफेबगरमा भौतिक संरचना निर्माण कार्यमा र विकासका हिसाबले द्रुत गति लिन नसकेको भन्दै उक्त ध्यानाकर्षण पत्र बुझाइएको हो ।

ल्याण्डपोलिङ (जग्गा एकीकरण ) कार्य छिटो परिनुपर्ने ,एयरपोर्ट बजार भित्र रहेका नालीहरु निर्माण र मर्मत ,सडक पिच , बजार क्षेत्रभित्र रहेका सडक सोलार बत्तिहरु मर्मत गरिनुपर्ने ,यथाशीघ्र जग्गा फिर्ता (जग्गा एकीकरण अन्तरगत)हाल सम्मको क्षतिपुर्ती र छिपेखोला पक्की पुल देखि नवाठाना सम्मको बाटो पिच गर्नुपर्ने मागहरु ध्यानाकर्षण पत्रमा उल्लेख छ्न ।

नयाँ शहर आयोजना कार्यालयले यि मागहरु छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने र यदि उल्लिखित मागहरुलाई बेवास्ता गरे आन्दोलनमा जाने समेत पत्रमा उल्लेख गरिएको छ ।

ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रममा एयरपोर्ट बजार ब्यवस्थापन समिति अध्यक्ष रामबहादुर कुँवर ,जनप्रतिनिधि , पार्टी प्रतिनिधि ,सरोकारवालाहरु लगायत अन्य बजार बासीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ