ताजा अपडेट
थारु समुदायको अष्टिम्की आज चेलीबेटीलाई अग्रासन दिँदै सकिने
धनगढीः थारु समुदायको अष्टिम्की आज चेलीबेटीलाई अग्रासन दिँदै सकिदै छ। थारु समुदायले बुधवार अष्टिम्की पर्व हर्षोल्लासका साथ मनाएका छन्।
ब्रतालु महिला तथा युवतीहरू साँझपख घरको भित्ता वा सामुदायिक भवनमा कोरिएको विभिन्न पौराणिक चित्रमा टिक्ने अर्थात पूजा गर्ने गर्दछन्। टिक्ने काम सम्पन्न भएपछि लगिएका फलफूलहरू आपसमा बाँधेर खाने प्रचलन रहेको छ।
पृथक मौलिक चालचलन तथा संस्कृति बोकेको आदिवासी थारु समुदायमा भदौ २० र २१ गते अष्टिम्कि पर्व मनाउदैँ छन्। भदौ २० गते दिनभरी ब्रत बसेका थिए भने आज विहीबवार विहान अघिल्लो दिनको पूजा सामग्रीहरू नजिकको नदी, तलाउमा सेलाउँछन्।
तत्पश्चात नुहाइ घरमा फर्केपछि तयार पारिएका परिकार कोशेलीको रुपमा आफ्ना चेलीबेटीहरूलाई अग्रासन दिन जाने प्रचलन रहिआएको छ। सुर्खेतदेखि पश्चिम कैलाली र कञ्चनपुर जिल्लासम्म बासोबास गर्दै आएका थारु समुदायले बुधबार र आज (बिहीवार) अष्टिम्की पर्व हर्षोल्लासपूर्वक मनाएका छन्।
सम्बन्धित समाचार
ट्रेन्डिङ
ताजा अपडेट
-
राष्ट्रियपुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवका लागि सचिलावय उद्घाटन
-
प्रधानमन्त्रीभन्दा अगाडि परराष्ट्रमन्त्री राणा चीन जाने
-
हङकङमा अवैध तरिकाले फुटबलको प्रत्यक्ष प्रसारण गर्ने रेस्टुरेन्ट सञ्चालक पक्राउ
-
एक विज्ञप्ति जारी गर्दै बालेन र हर्कलाई गरे मुकुलले आह्वान
-
गोदावरीमा सामुदायिक वनबाट खैरो हेरोइनसहित एक युवक पक्राउ
प्रतिक्रिया