Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०३ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा तर अझै दुई महिना जोखिम : सचेत रहन विज्ञको आग्रह

डेङ्गीको सङ्क्रमण घट्दो क्रममा तर अझै दुई महिना जोखिम : सचेत रहन विज्ञको आग्रह

काठमाण्डाै - केही समयअघि ह्वारह्वार्ती बढेको डेङ्गीको सङ्क्रमण अहिले घट्दो क्रममा छ । 'डेङ्गी फैलाउने लामखुट्टे नष्ट गर' अभियानसँगै नागरिक पनि सचेत हुन थालेकाले सङ्क्रमण केही घटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार डेङ्गीको सङ्क्रमण सबैभन्दा धेरै फैलिएको चार जिल्ला सुनसरी, झापा, मोरङ र धादिङमा अहिले सङ्क्रमण फैलिने क्रम केही घटेको छ ।

'यी जिल्लामा डेङ्गी सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा धेरै छ । तर, केही दिन पहिलेको जस्तो अहिले सङ्क्रमण फैलिएको छैन' इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालले भन्नुभयो ।

उहाँका अनुसार अन्य जिल्लामा सङ्क्रमण स्थिर छ । सावधानी अपनाए डेङ्गीलाई नियन्त्रण गर्न सकिने उहाँले बताउनुभयो । अझै दुई महिना डेङ्गीको जोखिम उच्च छ । डेङ्गी सङ्क्रमित एडिस एजिप्टाइ जातको पोथी लामखुट्टेले टोक्दा यो रोग सर्छ ।  लामखुट्टेको टोकाइबाट जोगिन सके डेङ्गीबाट बच्न सकिन्छ ।

डेङ्गी सार्ने लामखुट्टे सफा पानीमा बस्ने, सफा पानीमा आफ्नो अण्डा उत्पादन गर्ने अनि आफ्नो जीवनचक्र पूरा गर्ने भएको हुनाले घर वरिपरि, कार्यस्थलमा पानी जमेको छ भने त्यसलाई फाल्नु पर्ने डाक्टर दाहालको सुझाव छ ।

यस्तै, शरीर ढाक्ने कपडा लगाउने, सुत्दा झुलको प्रयोग गरे पनि लामखुट्टेको टोकाइबाट बच्न सकिन्छ । देशभर २४ हजार जनालाई डेङ्गीको सङ्क्रमण भएको सरकारी तथ्याङ्क छ । यस वर्ष डेङ्गीका कारण १४ जनाको ज्यान गएको छ । अघिल्लो वर्ष सन् २०२२ मा ५४ हजार सात सय ८४ जनामा सङ्क्रमण हुँदा ८८ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया