ताजा अपडेट
६० किलो सुन प्रकरणमा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष पक्राउ
काठमाण्डौं । ६० किलो सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
उक्त प्रकरण अनुसन्धानका क्रममा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष शिवकुमार सरार्फलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राति बाराबाट पक्राउ गरेको प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतले जानकारी दिए।
योसँगै ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २८ पुगेको छ।
गत साउन ३ गते हङकङबाट ब्रेक सु भनेर भित्र्याइएको ६० किलो सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएपछि राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो।
उक्त प्रकरणमा पूर्वसभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल पनि पक्राउ परेका छन् भने पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’का छोरा दीपेशसँग पनि प्रहरीले बयान लिएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया