Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान

महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान

डोटी  ।  डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३ घागलमा महिला स्वास्थ्य स्वयंम सेविकालाई सम्मान गरेको छ ।

भीम बहादुर गुरुङ स्मृती कोषको सहयोगमा घागल स्वास्थ्य चौकीले कर्मचारी तथा महिला स्वास्थ्य स्वयंम सेविकाहरूलाई सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

महिला स्वास्थ्य स्वयंम सेविकाहरू भनेको स्वास्थ्य क्षेत्रको मुख्य आधार रहेको पालिकाले सदैव सम्मान गर्ने कार्यक्रमका प्रमुख अतिथि एवं बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताउनु भयो । महिला स्वास्थ्य स्वयंम सेबिकाहरु लाई आवश्यकता अनुसारको सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको समेत अध्यक्ष साउँदले बताए ।

महिला स्वास्थ्य स्वयंम सेविकाहरूको क्षमता विकासका साथै आवश्यकता अनुसार सहयोग गरिने बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले बताए  ।

स्वास्थ्य क्षेत्रमा उत्कृठ कार्य गरेको भन्दै स्वास्थ्य चौकीले अहेब सिता तङलामी मगर, महिला स्वास्थ्य स्वयंम सेविका देउसरा जेठरा, राधा पल्लीमगरलाई सम्मान गरेको हो भने त्यस्तै गरी महिला स्वास्थ्य स्वयंम सेविका टेकसरा आर्चाय, माता देवी बि।क। र निर्मला देवी पनाडीलाई सम्मान सहित बिदाइ गरेको स्वास्थ्य चौकी घागलका इन्चार्ज भक्त टमटाले बताए ।

स्वास्थ्य व्यवस्थापन समितिका संयोजक वडा नम्बर ३ का वडा अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक बिद्यार्थिहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया