Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान

महिला स्वास्थ्य स्वयम सेविकालाई सम्मान

डोटी  ।  डोटीको बडीकेदार गाउँपालिका वडा नम्बर ३ घागलमा महिला स्वास्थ्य स्वयंम सेविकालाई सम्मान गरेको छ ।

भीम बहादुर गुरुङ स्मृती कोषको सहयोगमा घागल स्वास्थ्य चौकीले कर्मचारी तथा महिला स्वास्थ्य स्वयंम सेविकाहरूलाई सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

महिला स्वास्थ्य स्वयंम सेविकाहरू भनेको स्वास्थ्य क्षेत्रको मुख्य आधार रहेको पालिकाले सदैव सम्मान गर्ने कार्यक्रमका प्रमुख अतिथि एवं बडीकेदार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँदले बताउनु भयो । महिला स्वास्थ्य स्वयंम सेबिकाहरु लाई आवश्यकता अनुसारको सहयोग गर्न पूर्ण प्रतिबद्ध रहेको समेत अध्यक्ष साउँदले बताए ।

महिला स्वास्थ्य स्वयंम सेविकाहरूको क्षमता विकासका साथै आवश्यकता अनुसार सहयोग गरिने बडीकेदार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश कुमार यादवले बताए  ।

स्वास्थ्य क्षेत्रमा उत्कृठ कार्य गरेको भन्दै स्वास्थ्य चौकीले अहेब सिता तङलामी मगर, महिला स्वास्थ्य स्वयंम सेविका देउसरा जेठरा, राधा पल्लीमगरलाई सम्मान गरेको हो भने त्यस्तै गरी महिला स्वास्थ्य स्वयंम सेविका टेकसरा आर्चाय, माता देवी बि।क। र निर्मला देवी पनाडीलाई सम्मान सहित बिदाइ गरेको स्वास्थ्य चौकी घागलका इन्चार्ज भक्त टमटाले बताए ।

स्वास्थ्य व्यवस्थापन समितिका संयोजक वडा नम्बर ३ का वडा अध्यक्ष राम बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जनप्रतिनिधि, नागरिक समाज, पत्रकार, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक बिद्यार्थिहरुको समेत सहभागिता रहेको थियो ।

प्रतिक्रिया

ट्रेन्डिङ