Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

निजामती दिवश : ब्याडमिन्टन प्रतियोगिताको उपाधि जिल्ला प्रशासन कार्यालय अछाम लाइ

निजामती दिवश : ब्याडमिन्टन प्रतियोगिताको उपाधि जिल्ला प्रशासन कार्यालय अछाम लाइ

 निजामती सेवा दिवश २०८० को उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय अछामले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताको उपाधी आयोजक टिम जिल्ला प्रशासन कार्यालय अछामले आफैले हात पारेको छ । २१ गतेबाट सुरु भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा अछाम जिल्लाका विभिन्न सरकारी कार्यालयका निजामती कर्मचारी हरुको १४ वटा टिमको सहभागीता रहेको थियोे । जसमा द्वितीय  करदाता सेवा कार्यालय अछामको टिम र तृतीय नेपाल टेलिकमको टिम भएको छ । प्रथम हुने टिमलाइ १३ हजार ५ सय नगद सहित मेडल र प्रमाणपत्र
द्वितीय हुने टिमलाई ८ हजार नगद सहित प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद ५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला न्यायाधीश पिताम्बर शर्माले आगामी दिनमा निजामती सेवालाई चुस्त दुरुस्त पार्दै सेवा लाई उत्कृष्ट बनाउने कुरामा जोड दिनु दिनुपर्ने बताउनुभयो।पछिल्लो समय निजामती सेवामा विभिन्न प्रश्न चिन्ह खडा हुन थालेको भन्दै उहाँले निजामती कर्मचारीले सचेत भएर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै  प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले  सरकारी कर्मचारीहरूको अन्तर्निहित क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । राजनीतिक हस्तक्षेपका कारण निजामती सेवामा समस्या उत्पन्न भएकोले यसमा सुधार आउन जरुरी रहेको बताउनुभयो । त्यस्तै दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय परिसरमा वृक्षरोपण समेत गरिएको थियो । कर्मचारी संगम केन्द्रका कार्यवाहक अध्यक्ष खड्ग बिष्टको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव खेम ढकालले गर्नुभएको थियो ।

प्रतिक्रिया