Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

निजामती दिवश : ब्याडमिन्टन प्रतियोगिताको उपाधि जिल्ला प्रशासन कार्यालय अछाम लाइ

निजामती दिवश : ब्याडमिन्टन प्रतियोगिताको उपाधि जिल्ला प्रशासन कार्यालय अछाम लाइ

 निजामती सेवा दिवश २०८० को उपलक्ष्यमा जिल्ला प्रशासन कार्यालय अछामले आयोजना गरेको ब्याडमिन्टन प्रतियोगिताको उपाधी आयोजक टिम जिल्ला प्रशासन कार्यालय अछामले आफैले हात पारेको छ । २१ गतेबाट सुरु भएको खुल्ला ब्याडमिन्टन प्रतियोगितामा अछाम जिल्लाका विभिन्न सरकारी कार्यालयका निजामती कर्मचारी हरुको १४ वटा टिमको सहभागीता रहेको थियोे । जसमा द्वितीय  करदाता सेवा कार्यालय अछामको टिम र तृतीय नेपाल टेलिकमको टिम भएको छ । प्रथम हुने टिमलाइ १३ हजार ५ सय नगद सहित मेडल र प्रमाणपत्र
द्वितीय हुने टिमलाई ८ हजार नगद सहित प्रमाणपत्र र तृतीय हुने टिमलाई नगद ५ हजार सहित प्रमाणपत्रले सम्मान गरिएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला न्यायाधीश पिताम्बर शर्माले आगामी दिनमा निजामती सेवालाई चुस्त दुरुस्त पार्दै सेवा लाई उत्कृष्ट बनाउने कुरामा जोड दिनु दिनुपर्ने बताउनुभयो।पछिल्लो समय निजामती सेवामा विभिन्न प्रश्न चिन्ह खडा हुन थालेको भन्दै उहाँले निजामती कर्मचारीले सचेत भएर काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा बोल्दै  प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले  सरकारी कर्मचारीहरूको अन्तर्निहित क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो । राजनीतिक हस्तक्षेपका कारण निजामती सेवामा समस्या उत्पन्न भएकोले यसमा सुधार आउन जरुरी रहेको बताउनुभयो । त्यस्तै दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय परिसरमा वृक्षरोपण समेत गरिएको थियो । कर्मचारी संगम केन्द्रका कार्यवाहक अध्यक्ष खड्ग बिष्टको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव खेम ढकालले गर्नुभएको थियो ।

प्रतिक्रिया