Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

साँफेबगर नगरपालिका वडा नं १२ खप्तडको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका वडा नं १२  खप्तडको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि साँफेबगर नगरपालिका वडा नं १२ खप्तडको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा कार्यालयले आर्थिक २०७९/८० मा प्रदान गरेका सेवा, सम्पादन भएका कामहरु ,सम्पुर्ण योजनाको रकम, कार्य प्रगति,सम्पन्न भएका योजना तथा वडाबाट खर्च भएको विवरण लगायतका विषयमामा वडा सचिव भक्त बहादुर पुन मगरले जानकारी गराउनु भएको थियो । साँफेबगर नगरपालिका वडा नं १२ का वडा अध्यक्ष जनक कडायतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साँफेबगर नगर पालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले वडा नं १२ खप्तडको बिकासका लागि नगरले पहल गर्ने बताउनु भएको छ । साँफेबगर नगरपालिकाका केहि वडा नगर पालिकाबाट भौगोलिक हिसाबले टाढा र बिकट भएकाले ती वडाका समस्यालाई बिशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

साथै नगर प्रमुख कुँवरले आफ्नो वडामा भैरहेका कामको स्थानिहरुले पनि रेखदेख गर्नु पर्नै र गल्ती भएको ठाउमा जनप्रतिनिधिहरुलाई सचेत गराउनु पर्नै बताउनु भएको थियो । साँफेबगर नगरपालिकालाई सुन्दर बनाउन नगर एक्लैको पहले नहुने बताउदै त्यसको लागि सबैको साथ आवश्यक रहेको उँहाको भनाई छ । प्रदेश सरकारले योजना अनुसार झुक्तानी नदिदा जनताको अपेक्षा अनुसार काम हुन नसकेको बताउनु भएको छ । उँहाले यसपालिको बजेटमा नगरका सबै जनताका आवश्यकतालाई मध्यनजर गर्दे जनसंख्या भुगोरको आधारमा बजेट बिनियोजन गरीएको बताउनु भयो ।

कार्यक्रममा बिशिष्ट अतिथि साँफेबगर नगरपालिका वडा नं १३ का अध्यक्ष रुप बहादुर कुँवर,नेपालि कांग्रेस अछामका कोषाध्यक्ष बल बहादुर साउँद रहनु भएको थियो । अतिथिहरुमा एमाले का धन बहादुर कडायत नेपालि कांग्रेस वडा न १२ का वडा सभापति टेक बहादुर रावल लगाएतका अतिथि रहनु भएको थियो । कार्यक्रममा सहभागीहरुले ववडाको बजेट बिनियोजन गर्दा वडामा के कस्ता समस्या छन भनेर आवश्यक ठाउमा मात्र बजेट खर्च गर्न सुझाब दिएका थिए ।

प्रतिक्रिया