Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

साँफेबगर नगरपालिका वडा नं १२ खप्तडको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

साँफेबगर नगरपालिका वडा नं १२  खप्तडको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

सुशासन, पारदर्शिता र जवाफदेहिताका लागि साँफेबगर नगरपालिका वडा नं १२ खप्तडको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा वडा कार्यालयले आर्थिक २०७९/८० मा प्रदान गरेका सेवा, सम्पादन भएका कामहरु ,सम्पुर्ण योजनाको रकम, कार्य प्रगति,सम्पन्न भएका योजना तथा वडाबाट खर्च भएको विवरण लगायतका विषयमामा वडा सचिव भक्त बहादुर पुन मगरले जानकारी गराउनु भएको थियो । साँफेबगर नगरपालिका वडा नं १२ का वडा अध्यक्ष जनक कडायतको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि साँफेबगर नगर पालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर रहनु भएको थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगर प्रमुख कुँवरले वडा नं १२ खप्तडको बिकासका लागि नगरले पहल गर्ने बताउनु भएको छ । साँफेबगर नगरपालिकाका केहि वडा नगर पालिकाबाट भौगोलिक हिसाबले टाढा र बिकट भएकाले ती वडाका समस्यालाई बिशेष प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

साथै नगर प्रमुख कुँवरले आफ्नो वडामा भैरहेका कामको स्थानिहरुले पनि रेखदेख गर्नु पर्नै र गल्ती भएको ठाउमा जनप्रतिनिधिहरुलाई सचेत गराउनु पर्नै बताउनु भएको थियो । साँफेबगर नगरपालिकालाई सुन्दर बनाउन नगर एक्लैको पहले नहुने बताउदै त्यसको लागि सबैको साथ आवश्यक रहेको उँहाको भनाई छ । प्रदेश सरकारले योजना अनुसार झुक्तानी नदिदा जनताको अपेक्षा अनुसार काम हुन नसकेको बताउनु भएको छ । उँहाले यसपालिको बजेटमा नगरका सबै जनताका आवश्यकतालाई मध्यनजर गर्दे जनसंख्या भुगोरको आधारमा बजेट बिनियोजन गरीएको बताउनु भयो ।

कार्यक्रममा बिशिष्ट अतिथि साँफेबगर नगरपालिका वडा नं १३ का अध्यक्ष रुप बहादुर कुँवर,नेपालि कांग्रेस अछामका कोषाध्यक्ष बल बहादुर साउँद रहनु भएको थियो । अतिथिहरुमा एमाले का धन बहादुर कडायत नेपालि कांग्रेस वडा न १२ का वडा सभापति टेक बहादुर रावल लगाएतका अतिथि रहनु भएको थियो । कार्यक्रममा सहभागीहरुले ववडाको बजेट बिनियोजन गर्दा वडामा के कस्ता समस्या छन भनेर आवश्यक ठाउमा मात्र बजेट खर्च गर्न सुझाब दिएका थिए ।

प्रतिक्रिया