Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दोस्रो जिल्ला स्तरीय कराँते प्रतियोगिता साँफेबगरमा सम्पन्न

दोस्रो जिल्ला स्तरीय कराँते प्रतियोगिता साँफेबगरमा सम्पन्न

नेपाल सरकारका पूर्व उपप्रधान तथा गृह रक्षा मन्त्री भिम बहादुर रावलले खेलले व्यक्तिलाई अनुशासित र स्वस्थ बनाउने मात्र नभई देशलाई नै अन्तर्राष्ट्रिय स्तरमा चिनाउन काम गरे पनि सरकारले त्यसमा ध्यान दिन नसकेकोे बताउनु भयो ।
आज राष्ट्रिय गोजोरियो कराते दो संघ अछाम जिल्ला स्तरिय दोश्रो प्रतियोगिताको समापन कार्यक्रममा बोल्दै गोजुरियो कराँते खेल राष्ट्रिय खेल मात्र नभई अन्र्तराष्ट्रिय खेल भएकाले खेलकै माध्यम बाट आफु र आफ्नो देशलाई अन्र्तराष्ट्रिय स्तरमा चिनाउन सुझाव दिनु भएको छ । अनुसासन बिना  परीवार ,समाजका र राष्ट्रि नै अधुरो हुने बताउदै खेलाडी हरुलाई पनि अनुसासनको दायरामा रहेर खेल खेल्न  आग्रह गर्नु भएको थियो । खेलाडीहरुले देशलाई सधैँ शिरमा राखेर खेल खेल्ने भएकाले सरकारले उनीहरूको सम्मान गर्नु पर्नेमा जोड दिनु भयो । 
आफु अहिले कुनै प्रमुख भुमिकामा नभए पनि खेलाडिहरुका लागि आफ्नो तर्फबाट गर्नै सक्ने सहयोगका लागि सधै तत्पर रहने प्रतिबद्धता जनाउनु भएको छ । 
यस्तै कार्यक्रममा बिशिष्ट अतिथि साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्र बहादुर कुँवरले खेलाडीको क्षमता अभिवृद्धि र भौतिक पूर्वाधारको विकासमा नगरपालिकाले बिशेष पहल गर्ने बताउनु भएको छ । 
साथै नगर प्रमुख कुँवरले खेल क्षेत्रमा लागेका खेलाडीहरुका लागि नगरपालिका पछि नहट्ने बताउनु भएको छ । पछिल्लो समयमा यँहाका धेरै युवाहरु लागु औषध फस्दै गएकाले अभिभावकहरुले आफ्ना बालबालिकाहरुलाई बिशेष ध्यान दिन आवश्यक रहेको पनि बताउनु भएको थियो । 
राष्ट्रिय गोजुरियो कराँते –दो संघ नेपाल जिल्ला उपाध्यक्ष डबल बोहराको अध्यक्षतामा भएको कार्यक्रममा नेपालि काँग्रेस नगर सभापती लाल बहादुर कुँवर नेत्र, वडा नं १२ का वडा अध्यक्ष जनक कडायत, समाज सेवि बुद्धिजिविबको तर्फबाट सुरत भुल, यरपोर्ट बजार व्यावस्थापन समिती अध्यक्ष राम बहादुर कुँवर, बेतालमान्डौ माबिका शिक्षक धमेन्द्र शाह लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कराते महासंघका अध्यक्ष लोचन स्वार,१४ वडाका वडा अध्यक्ष ,कार्य पालिकाका सदस्य , सुरक्षा कर्मि पत्रकारहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा पुरुष तर्फ ६ देखि ७ बर्ष उमेर समुहका लक्ष्मण बुढा प्रथम , आभास खड्का द्धितिय , युवराज विक तृतीय भएका छन । ८ देखि १० बर्ष समुहका विप्लव कुँवर प्रथम , बसन्त विक द्धितिय , सर्वस्व विक र युनिक परियार तृतीय भएका छन।

११ बर्ष देखि १२ बर्ष उमेर समुहका निबेश कुमाल प्रथम , उत्तम थापा द्धित्तिय ,सुशान्त नाथ तृतीय भएका छन भने १३ बर्ष उमेर समुहका आशिष कुँवर प्रथम , अनमोल रावल द्धित्तिय , विराज साउँद र अर्जुन पण्डित तृतीय भएका छन ।

१४ बर्ष उमेर समुहका आयुस कुँवर प्रथम , शिशिर विक द्धित्तिय , डायमण्ड बुढा तृतीय र १५ बर्ष उमेर समुहका अंकित स्वार प्रथम , जय पुन मगर द्धित्तिय , विवेक स्वार र निलेश आउजी तृतीय भएका छन । १६ बर्ष उमेर समुहका सुमन विक प्रथम , महेन्द्र भुल द्धित्तिय , दिपेश कडायत तृतीय भएका छन ।

महिला तर्फ ६ देखि ७ बर्ष उमेर समुहका आरोही गिरि प्रथम , समृद्धि विक द्धित्तिय , रिया भट्ट तृतीय , ८ देखि १० बर्ष उमेर समुहका सुजाता कडायत प्रथम , एमिमा ठकुल्ला द्धित्तिय , जेनिसा खड्का र सोनिया साउँद तृतीय भएका छन ।

१३ बर्ष उमेर समुहका सुस्मा राना मगर प्रथम , अस्मिता थापा द्धित्तिय , १४ बर्ष उमेर समुहका कसिस कडारा प्रथम , सम्झना रावल द्धित्तिय , अर्चना थापा तृतीय भएका छन भने १५ बर्ष उमेर समुहका भरोसा रावल प्रथम र रितु रावल द्धित्तिय भएका छन ।महिला र पुरुष तर्फबाट विभिन्न उमेर समुहका प्रथम हुनेमा जम्मा १२ जना , द्धित्तिय १२ जना र तृतीय हुनेमा जम्मा १२ जना रहेका छन ।

कार्यक्रममा सहभागिहरुले खेलाडी देशको गहना भएकाले खेल क्षेत्रको संरक्षणमासरकारले ध्यान दिन सुझाव दिएका थिए । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि र बिशिष्ट अतिथिलाई सम्मान पनि गरीएको थियो ।

 राष्ट्रिय गोजुरियो कराँते –दो सांघ नेपाल जिल्ला अछामको आयोजनामा भएको कार्यक्रममा महासंघका उपाध्यक्ष संकर भुलले स्वागत मन्तव्य राख्नु भएको थयो भने कार्यक्रमको संचालन संघका कोषाध्यक्ष राजेन्द्र कोलीले गर्नुभएको थियो ।

प्रतिक्रिया