Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, १४ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

दुबईबाट रित्तै फर्किंदै नेपाल एयरलाइन्स, एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र

दुबईबाट रित्तै फर्किंदै नेपाल एयरलाइन्स, एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र

२ भदौ, काठमाडौं । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरुलाई लिन भनेर दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ ।

दुबई एयरपोर्टमा करिब एक सय जना नेपाली यात्रुहरु छन् । घर फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगिसकेका उनीहरु प्लेन रित्तै फर्र्किन लागेको खबर पाएपछि आक्रोशित भएका छन् । उनीहरुले आफूहरुको सम्पूर्णको खर्च नेपाल एयरलाइन्स वा उडान रद्द गराउने सीसीएमसी र यसका प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यहोर्नुपर्ने भन्दै सामाजिक सन्जालमा आक्रोश पोखेका छन् ।

सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गर्दै उद्धार उडान रोक्न भनेको थियो । विभिन्न स्थानीय तहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको भन्दै उद्धार उडान रोक्न सीसीएमसीले भनेको थियो । सीसीएमसीको सोही आग्रहअनुसार विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरिँदा विदेशका एयरपोर्टहरुमा कयौं यात्रुहरु अलपत्र परेका छन् ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले यात्रुहरुलाई लिन दुबई गएको प्लेन आज रित्तै फर्किने बताइन् । उनले भनिन्, ‘सीसीएमसीले आजबाट यात्रुलाई काठमाडौं ल्याउने अनुमती रद्द गर्यो, त्यसैले यात्रु ल्याउन सकेनौं । प्लेन रित्तै फर्कनेछ ।’

यसबाट यात्रुहरुले दुःख पाउनुका साथै नेपाल एयरलाइन्सलाई घाटा पनि लागेको उनले बताइन् । उनले यात्रुहरुले टिकट काटेको पैसा या फिर्ता पाउने या अर्को उडान भएपछि आउने बताइन् ।

नेपाल एयरलाइन्सकी प्रवक्ता खड्काका अनुसार दुबईको स्टेसन म्यानेजरले सम्भव भएसम्मका यात्रुहरुलाई राति एक बजे नै फोन गरेर उडान स्थगित भएको जानकारी दिएका थिए । स्टेसन म्यानेजरले फोन सम्पर्क हुन नसकेका करिब एक सय यात्रुहरु भने एयरपोर्ट आएको बताएको खड्काले जानकारी दिइन् ।

प्रतिक्रिया