Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २३ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

दुबईबाट रित्तै फर्किंदै नेपाल एयरलाइन्स, एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र

दुबईबाट रित्तै फर्किंदै नेपाल एयरलाइन्स, एयरपोर्टमा करिब १०० नेपाली यात्रु अलपत्र

२ भदौ, काठमाडौं । सरकारले उद्धार उडान स्थगित गरेपछि दुबई एयरपोर्टमा करिब एक सय नेपाली यात्रुहरु अलपत्र परेका छन् । यात्रुहरुलाई लिन भनेर दुबई पुगिसकेको नेपाल एयरलाइन्सको विमान भने रित्तै फर्किँदै छ ।

दुबई एयरपोर्टमा करिब एक सय जना नेपाली यात्रुहरु छन् । घर फिर्तीको सबै प्रक्रिया पूरा गरेर एयरपोर्टमा पुगिसकेका उनीहरु प्लेन रित्तै फर्र्किन लागेको खबर पाएपछि आक्रोशित भएका छन् । उनीहरुले आफूहरुको सम्पूर्णको खर्च नेपाल एयरलाइन्स वा उडान रद्द गराउने सीसीएमसी र यसका प्रमुख उपप्रधानमन्त्री ईश्वर पोखरेलले व्यहोर्नुपर्ने भन्दै सामाजिक सन्जालमा आक्रोश पोखेका छन् ।

सीसीएमसीले सोमबार परराष्ट्र र पर्यटन मन्त्रालयलाई पत्राचार गर्दै उद्धार उडान रोक्न भनेको थियो । विभिन्न स्थानीय तहरुले निषेधित क्षेत्र घोषणा गर्ने क्रम बढेको र होटल क्वारेन्टिनको व्यवस्था पनि भइनसकेको भन्दै उद्धार उडान रोक्न सीसीएमसीले भनेको थियो । सीसीएमसीको सोही आग्रहअनुसार विदेशबाट हुने सम्पूर्ण उद्धार उडान एक्कासी स्थगित गरिँदा विदेशका एयरपोर्टहरुमा कयौं यात्रुहरु अलपत्र परेका छन् ।

नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काले यात्रुहरुलाई लिन दुबई गएको प्लेन आज रित्तै फर्किने बताइन् । उनले भनिन्, ‘सीसीएमसीले आजबाट यात्रुलाई काठमाडौं ल्याउने अनुमती रद्द गर्यो, त्यसैले यात्रु ल्याउन सकेनौं । प्लेन रित्तै फर्कनेछ ।’

यसबाट यात्रुहरुले दुःख पाउनुका साथै नेपाल एयरलाइन्सलाई घाटा पनि लागेको उनले बताइन् । उनले यात्रुहरुले टिकट काटेको पैसा या फिर्ता पाउने या अर्को उडान भएपछि आउने बताइन् ।

नेपाल एयरलाइन्सकी प्रवक्ता खड्काका अनुसार दुबईको स्टेसन म्यानेजरले सम्भव भएसम्मका यात्रुहरुलाई राति एक बजे नै फोन गरेर उडान स्थगित भएको जानकारी दिएका थिए । स्टेसन म्यानेजरले फोन सम्पर्क हुन नसकेका करिब एक सय यात्रुहरु भने एयरपोर्ट आएको बताएको खड्काले जानकारी दिइन् ।

प्रतिक्रिया