ताजा अपडेट
थारू कलाकार मञ्च सुदूरपश्चिमको अध्यक्षमा सँगत
                                        
                                        धनगढी,२४ भदौ । राष्ट्रिय थारू कलाकार मञ्च सुदूरपश्चिम प्रदेशका प्रथम अधिवेशन सम्पन्न भएको छ। कञ्चनपुरको कृष्णापुर नगरपालिका–६, सिंहपुरमा भएको अधिवेशनबाट सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ।
समितिका अध्यक्षमा सँगत थारू, उपाध्यक्षमा समु चौधरी, सचिवमा स्वरूप चौधरी, सह–सचिव सिसा चौधरी, कोषाध्यक्षमा राज चौधरी रहेका छन्।
यस्तै, सदस्यहरूमा सुयोग चौधरी, आशिष चौधरी, मनिराम चौधरी, नेहेल्जा चौधरी, सदिच्छा चौधरी, आदर्श महतो चयन भएका छन्।
सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पु¥याएका ६ कलाकारलाई सम्मान पनि गरिएको थियो। सम्मानित हुने कलाकाारहरुममा थारू महानायक प्रेम चौधरी, गायिका समीक्षा चौधरी, गीतकार सुवेश कठरिया, छायाँकार शाहिल चौधरी, मिडियाकर्मी अनिल कुश्मी, गायक नारायण राना रहेका छन्।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य अरुण चौधरी र विशिष्ट अथितीमा कृष्णापुर नगरपालिकाकी गर उपप्रमुख द्रोपती राना लगायत रहेका थिए। कार्यक्रमलाई सम्बोधन गर्दै उनीहरूले कला र गायन क्षेत्रबाट थारू समुदायको पहिचानसँगै कला, संस्कृति र भाषा संरक्षण सम्बद्र्धनमा टेवा पु¥याएको बताएका थिए।
                    


                                                    
                                                    
                                                    
                                                    
                                                    
                                                    
                                            
प्रतिक्रिया