Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १९ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

विश्व भारोत्तोलनमा कञ्चनपुरका विकासले बनाए तीन राष्ट्रिय कीर्तिमान

विश्व भारोत्तोलनमा कञ्चनपुरका विकासले बनाए तीन राष्ट्रिय कीर्तिमान

कञ्चनपुर  । साउदी अरेबियाको रियादमा जारी विश्व भारोत्तोलन च्याम्पियनशिप–२०२३ मा कञ्चनपुरका विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाएका छन्। प्रतियोगितामा ८१ किलो तौल समूहमा उनले स्नाचतर्फ एक सय २४ किलोग्राम तौल उठाएर आफ्नै राष्ट्रिय कीर्तिमान ‘ब्रेक’ गरेका हुन्।

यसअघि भट्टले स्नाचतर्फ १२३ किलोग्राम तौल उठाएर राष्ट्रिय कीर्तिमान कायम गरेको भारोत्तोलनका टिम प्रशिक्षक जीवन गौतमले जानकारी दिए। तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी लिएर वर्ल्ड च्याम्पियनसिपमा सहभागी भएका प्रशिक्षक गौतमले नेपालले प्रतियोगितामा १६÷१७ वर्षपछि सहभागिता जनाएको जानकारी दिए।

उनका अनुसार विकासले क्लिन एन्ड जर्कतर्फ १४८ किलो तौल उठाएर अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। सो विधातर्फ यसअघि नेपाल प्रहरीका विकास थापाले १३९ किलो तौल उठाएर राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। त्यसैगरी कीर्तिमान कायम गर्ने क्रममा विकास भट्टले जम्मा २७२ किलोग्राम तौल उचालेर तेस्रो कीर्तिमान कायम राखेको प्रशिक्षक गौतमले जानकारी दिए।

भारोत्तोलनमा राष्ट्रिय प्रतियोगितामा समेत स्वर्ण पदक विजेता भट्टले सुदूरपश्चिमको प्रतिनिधित्व गर्छन्। ‘अहिलेकामा सबैभन्दा जुनियर खेलाडी भनेकै विकास हो’, प्रशिक्षक गौतमले भने, ‘विकासको प्रदर्शन उत्कष्ट नै थियो।’

त्यसैगरी अर्का खेलाडी विशाल विष्टको आगामी मङ्गलबार र सागर भण्डारी आगामी शनिबार प्रतिस्पर्धा रहेको छ। ‘महिला खेलाडी प्रतियोगितामा सहभागिता सकेर हिजो नै स्वदेश फर्किसके”, गौतमले भन्नुभयो, ‘यहाँ रहेका तीनजना खेलाडी यसअघि चीनमा हुने एसियाली खेलकुद ९एसियाड० प्रतियोगितामा समेत सहभागी हुनेछन्।’
 

प्रतिक्रिया

ट्रेन्डिङ