Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ०७ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

विश्व भारोत्तोलनमा कञ्चनपुरका विकासले बनाए तीन राष्ट्रिय कीर्तिमान

विश्व भारोत्तोलनमा कञ्चनपुरका विकासले बनाए तीन राष्ट्रिय कीर्तिमान

कञ्चनपुर  । साउदी अरेबियाको रियादमा जारी विश्व भारोत्तोलन च्याम्पियनशिप–२०२३ मा कञ्चनपुरका विकास भट्टले तीनवटा राष्ट्रिय कीर्तिमान बनाएका छन्। प्रतियोगितामा ८१ किलो तौल समूहमा उनले स्नाचतर्फ एक सय २४ किलोग्राम तौल उठाएर आफ्नै राष्ट्रिय कीर्तिमान ‘ब्रेक’ गरेका हुन्।

यसअघि भट्टले स्नाचतर्फ १२३ किलोग्राम तौल उठाएर राष्ट्रिय कीर्तिमान कायम गरेको भारोत्तोलनका टिम प्रशिक्षक जीवन गौतमले जानकारी दिए। तीन पुरुष र दुई महिला गरी पाँच खेलाडी लिएर वर्ल्ड च्याम्पियनसिपमा सहभागी भएका प्रशिक्षक गौतमले नेपालले प्रतियोगितामा १६÷१७ वर्षपछि सहभागिता जनाएको जानकारी दिए।

उनका अनुसार विकासले क्लिन एन्ड जर्कतर्फ १४८ किलो तौल उठाएर अर्को राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। सो विधातर्फ यसअघि नेपाल प्रहरीका विकास थापाले १३९ किलो तौल उठाएर राष्ट्रिय कीर्तिमान कायम गरेका थिए। त्यसैगरी कीर्तिमान कायम गर्ने क्रममा विकास भट्टले जम्मा २७२ किलोग्राम तौल उचालेर तेस्रो कीर्तिमान कायम राखेको प्रशिक्षक गौतमले जानकारी दिए।

भारोत्तोलनमा राष्ट्रिय प्रतियोगितामा समेत स्वर्ण पदक विजेता भट्टले सुदूरपश्चिमको प्रतिनिधित्व गर्छन्। ‘अहिलेकामा सबैभन्दा जुनियर खेलाडी भनेकै विकास हो’, प्रशिक्षक गौतमले भने, ‘विकासको प्रदर्शन उत्कष्ट नै थियो।’

त्यसैगरी अर्का खेलाडी विशाल विष्टको आगामी मङ्गलबार र सागर भण्डारी आगामी शनिबार प्रतिस्पर्धा रहेको छ। ‘महिला खेलाडी प्रतियोगितामा सहभागिता सकेर हिजो नै स्वदेश फर्किसके”, गौतमले भन्नुभयो, ‘यहाँ रहेका तीनजना खेलाडी यसअघि चीनमा हुने एसियाली खेलकुद ९एसियाड० प्रतियोगितामा समेत सहभागी हुनेछन्।’
 

प्रतिक्रिया

ट्रेन्डिङ