Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ०८ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

चितुवाको आतंक : तीन व्यक्ति घाइते

चितुवाको आतंक : तीन व्यक्ति घाइते

अछाम  । नरभक्षी चितुवाको कारण रामारोशन गाउँपालिकाको भटाकाटिया मानिस र घरपालुवा पशुमा आक्रमण गर्न थालेपछि आतंक फैलिएको छ । 

रामारोशन गाउँपालिका –६ भटाकाटियामा तीन जना मानिस र दर्जनौ घरलु पशुलाई आक्रमण गरेको स्थानीय कमल साउदले जानकारी दिनुभयो । एक महिला र दुई पुरुषलाई आक्रमण गरेर चितुवाले शनिबार घाइते बनाएको छ ।

भटाकाटियाको परिवन निवासी ३८ वर्षीय जगतबहादुर साउद, ३३ वर्षीय सूर्यबहादुर साउद र ३५ वर्षीया हैकला साउदलाई चितुवाले घाइते बनाएको हो । जगतबहादुरको निधार, सूर्यबहादुरको आँखा र हैकलाको कुमपातामा चोट लागेको स्थानीय कमल साउदले जानकारी दिए। 

सूर्यबहादुर र जगतबहादुर स्थानीय चिया पसलमा बसिरहेको बेलामा आक्रमण गरेको हो भने हैकलालाई गोठछाना नजिक घाँस काटिरहेको बेलामा चितुवाले आक्रमण गरेको थियो । 

भटाकाटियाका गाउँमा पसेको चितुवाले रोल्ते, नाइतोला, परिवन, भैरीलगायत गाउँका घरपालुवा पशु मार्ने र मानिसलाई आक्रमण गर्न थालेको छ । आइतबार मात्र रोल्ते टोलका प्रसादे साउदका दुई बाख्रा, नाइतोला जहरे साउदका दुई गाई र एक बाख्रा, रोल्ते टोलका भेरी खनालको एक बाख्रा मारेको स्थानीय वीरेन्द्र साउदले जानकारी दिए । 

यसअघि पदमादेवी साउदका दुई गाई, भरत साउदको एक पाडोसमेत मारेको स्थानीयको भनाइ छ । गाउँमा पसेर चितुवाले स्थानीयलाई आक्रमण र पशु मार्न थालेपछि स्थानीय चिन्तित भएका छन् । चितुवा जंगलमा नगएर गाउँकै मकैबारीमा बस्न थालेपछि स्थानीय डरले त्रसित भएका छन् । 

तीन जना व्यक्तिलाई घाइते बनाएको खबर आएपपछि चितुवाको व्यवस्थापनका लागि आफूले प्रहरी परिचालन गरेको अछाम प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए । भटाकाटिया र सुतार क्षेत्रका ५० भन्दा बढी गाई, गोरु, बाख्रालाई चितुवाले मारिसकेको स्थानीयको भनाइ छ । 
 

प्रतिक्रिया

ट्रेन्डिङ