Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ बैशाख २०८२
प्रचलनमा:
ताजा अपडेट
राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने :  जयगढ बजार आगलागी राहत र उद्धारका लागि सामाजिक विकासमन्त्री खड्का अछाम आउने : जयगढ बजार आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी २७ वटा पसल जलेर नष्ट, सात करोड बढीको क्षति : अछामको जयगढ बजारमा आगलागी आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट आगलागीमा एक घरसहित ९ पसल जलेर नष्ट : अछाम जयगढ बजार आगलागी अपडेट अछामको जयगढ बजारमा ठुलो  आगलागी अछामको जयगढ बजारमा ठुलो आगलागी छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ छोरीमाथि यौन दुर्व्यवहार गर्ने बाबु पक्राउ आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै आज पञ्चायत ढलेको दिन, जनआन्दोलन दिवस मनाइँदै जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री जनकशिक्षा सामग्रीको प्रादेशिक कार्यालयबाट हालसम्म छ लाख १९ हजार थान पाठ्यपुस्तक बिक्री कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई निर्देशन, ठोस निर्णय सहित बयालपाटा अस्पतालको समस्या समाधान गर्नुस घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु घाँटीमा मासु अड्किएर अछामका एकजनाको मृत्यु रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै रुद्राक्ष डायग्नोस्टिकमा चार दिन निशुल्क मधुमेह तथा किड्नी परिक्षण शिबिर लाग्दै

दशै तिहारहरुको मुखैमा बाजुरा खाध्य संस्थानमा चामल सकियो

दशै तिहारहरुको मुखैमा बाजुरा खाध्य संस्थानमा चामल सकियो

बाजुरा– बाजुरामा जिल्ला सदरमुकाम समेत रहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखामा चामल सकिएको छ । जिल्ला सदरमुकाम मार्तडीको डिपोमा भदौ २४ गते देखि चामल सकिएर सुचना टाँस गरि गोदाममा ताला लगाएको छ । दुर्गमका डिपोमा ५ महिना देखि चामल अभाब रहेको छ भने जिल्ला सदरमुकाम मार्तडीको डिपोमा भदौ २४ गते देखि चामल सकिएर सुचना टाँस गरि गोदाममा ताला लगाएको छ । पत्रमा लेखिएको छ खाद्यन्न डिपोमा रहेको मौज्दा चामल सकिएको हुदा खाद्यन्न प्राप्त नभएसम्मका लागि विक्रि बितरण कार्य बन्द भएको ब्यहोरा सर्व साधारणमा जानकारी गराईएको छ । मार्तडी डिपोमा १ सय कुन्टल,कारागारका कैदिबन्दिका लागि मात्र छ भने कोल्टि डिपोमा ३ सय कुन्टल चामल मौजात रहेको छ । त्यो पनि एक हप्तासम्मका लागि मात्र पुग्ने त्यसपछि कोल्टि डिपोमा पनि ताला लगाउनु पर्ने अवस्था हुने खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराले जनाएको छ ।
खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुम मेखराज ओझाका अनुसार ठेक्का वोलपत्र आह्वान साउन २१ गते सकिएको हो । त्यसपछिको प्रकृया चलिरहेको छ । यस्तै ढिला सुस्ती हो भने दसैसम्म पनि चामल आउन नसक्कने ओझाले बताए ।
बाजुराको हिमाली गाउँपालिकामा खाद्यन्न संकट भएको ५ महिना बढी भयो । हिमाली गाउँपालिकाको कवाडी अस्थायी डिपोमा गत आर्थिक बर्षको चामल जेठमा सकिएपछि ५ महिना देखी खाद्य संकट भएको हिमाली गाउँपालिका ३ का स्थानिय धनलाल रोकायाले बताएका छन् ।
ढुवानी अनुदानको चामल डिपोमा नभएपछि हिमाली गाउँपालिका १, २ र ३ को बिच्छँया, गाउँपालिकाकै ४ र ५ को रुगीनमा खाद्य संकट भएको हो । त्यस्तै हुम्लाको ताजाकोट गाउँपालिकामा समेत संकट भएको छ । हिमाली गाँउपालिका १ बिच्छयाँका धर्मलाल रोकाया दुुई दिन लगाएर कुवाडी अस्थाई डिपोमा चामल किन्न पुुगे, तर डिपोमा एक दाना पनि चामल नपाएपछि बजारको महँगो चामल किनेर घर फिर्ता भएका छन् ।
आर्थिक बर्षमा ०७९/०८० मा कुवाडी डिपोमा ३५ सय कुन्टल रहेको थियो । कोटाको चामल जेठ महिनामै सकिएपछि डिपोमा एकदाना पनि चामल नरहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुराका प्रमुख ओझाले वताएका छन् ।
०८०/०८१ मा कुवाडी डिपोका लागि २५ सय कुन्टल कोटा रहेको छ । उक्त चामल ढुवानी ठेक्का प्रक्रियामा रहेकाले चामल आउने अहिले कुनै टुङ्गो नभएको प्रमुख ओझाले बताए । कुवाडी डिपोमा चामल भए मोटो चामल प्रति किलो ५२ मा उपभोक्ताले पाउने गरेका थिए । तर बजारमा त्यहि चामल प्रति किलो ८० रुपैयाँमा हालेर किन्नु परेको छ ।
साबिकको बिच्छयाँ गाबिसमा मात्र ४ हजार जनसंख्या रहेको छ, सबै घरमा खाद्य संकट भएको वताए । स्थानिय उत्पादनले बर्षमा दुई महिना पनि खान नपुग्ने गरेको छ । हिमाली गाँउपालिका बाजुराको सर्वाधिक बिकट गाँउपालिका हो, यो गाँउपालिकाको टाढाको गाँउ पुग्न सदरमुकाम मार्तडीबाट एक साता लाग्ने गरेको छ ।
त्यस्तै स्वामीकार्तिक गाउँपालिकामा रहेको मुक्तिकोट अस्थायी बिक्रि केन्द्रमा पनि चामल सकिएको ४ महिना पुगेको स्वामीकार्तिक खापर गाउपालिका अध्यक्ष भरत रोकायाले बताए । गत आर्थिक बर्षको ५ सय कुन्टल चामल जेठ अन्तिममै सकिएको थियो, यो आर्थिक बर्षको चामल ५ कुन्टल कोटा रहेको तर ढुवानी ठेक्का प्रक्रियामा रहेको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखाले वताएको छ । प्रकृया कहिले सकिने हो कहिले चामल दुवानी हुने हो एकीन नभएको खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी लिमिटेड बाजुरा शाखा प्रमुख मेखराज ओझाले बताए

प्रतिक्रिया