ताजा अपडेट
नेपाली काङ्ग्रेसका युवा नेता खड्का द्वारा जन्मदिनको उपलक्ष्यमा शैक्षिक सामाग्री बितरण
 
                                        
                                        नेपाली काङ्ग्रेस साफेबगर नगरपालिका वडा नम्बर ११ देविस्थान वडा कार्यसमिति सचीव नेपाली काङ्ग्रेसका युवा नेता बिनोद खड्काले आफ्नो जन्मदिनको उपलक्ष्यमा विद्यार्थी हरुलाइ शैक्षिक सामाग्री बितरण गरेका छन् ।
देबिस्थानमा रहेकोे शान्ति आधारभूत बिधालयमा अध्यनरत गरिब तथा बिपन्न १७ जना बिद्यार्थी हरुलाइ कापी कलम सहित शिक्षक हरु लाई मार्कर पेन बितरण गरेका हुन् । आफुले कखरा सिकेको बिधालयमा अध्यनरत भाइबहिनी हरुलाइ सहयोग गर्न पाउदा निकै खुशी लागेको बताए । जन्मदिनको अवसरमा गरिने फजुल खर्चलाई बचाएर आफ्नो २३ औ जन्मजयन्ती को अवसरमा शैक्षिक सामाग्री बितरण गरेको युवा नेता खड्काले बताए ।
 
 
                     
 


 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                                                     
                                            
प्रतिक्रिया