ताजा अपडेट
साँफेबगर नगरपालिका वडा ७ रिडिकोटको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
साँफेबगर नगरपालिका वडा ७ रिडिकोटको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
सोमबार वडा कार्यालय रिडिकोटमा सुशासन पारदर्शिता र जवाफदेहिताका लागि आर्थिक बर्ष २०७९/८० मा वडा कार्यालय मार्फत भएको बिकास निर्माणमा भएको खर्च, सार्वजनिक सेवा प्रवाह र अन्य गतिविधिका बारेमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको हो।
आर्थिक बर्ष २०७९/८० मा वडा कार्यालयले ४१ लाखको आय ब्याय प्रस्तुत गरेको थियोे । यस्तै वडा कार्यालयले जन्म दर्ता दर्ता, बिवाह दर्ता, मृत्यु दर्ता र बसाइँसराइका ८ सय ४३ ब्याक्तिगत घटना दर्ता गरेको छ।
वडा अध्यक्ष हिम्मत बहादुर कडायतको अध्यक्ष्ातामा सम्पन्न भएको सार्वजनिक सुनुवाइ कार्यक्रम साँफेबगर नगरपालिका नगर प्रमुख राजेन्द्र बहादुर कुँवर प्रमुख अथिती रहेका थिए ।
कार्यक्रम बिशिस्ट अथिती नेपाली कांग्रेस पूव जिल्ला कार्यसमिति सचिव तथा पुर्व गाबिस अध्यक्ष भरत बहादुर कुमाल,कार्यपालिका सदस्य मिना केसी सरस्वती आधारभुत बिधालय प्राधानाध्यापक प्रकाश कुमाल, ससस्त्र प्रहरी बल खप्तड गुल्मका सई ईलाका प्रहरी कार्यालय बयालपाटाका प्रहरी सहायक निरिक्षक देबेन्द्र कुँवर लगायत अन्य सरोकारवालाको सहभागीता रहेको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया