Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

मङ्गलबार, १८ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

समविकास नेपालको १२ औँ वार्षिक साधारण सभा साँफेबगरमा सम्पन्न

समविकास नेपालको १२ औँ वार्षिक साधारण सभा  साँफेबगरमा सम्पन्न

अछामः अछाम जिल्ला स्थित सरोकारवालले महिला ससक्तीकरणको क्षेत्रमा समविकास नेपालको अतुल्लनीय योगदान  रहेको बताएका छन । ‘‘बालविवाह अन्त्य गरौँ हिंसा मुक्त सुन्दर र शान्त समाज निर्माण गरौँ ”भन्ने नाराका साथ समविकास नेपालको १२ औँ वार्षिक साधारण सभा कार्यक्रममा जिल्ला समन्वय समिती अछामका प्रमुख ललित बहादुर कुँवरले समविकार नेपालले संञ्चालन गरेका हरेक कार्यक्रम नमुना योग्य रहेका बताउनु भएको छ ।  समविकास नेपालले बालविवाह ,महिला हिंसा , छाउपडि प्रथा लगाएतका क्षेत्रमा राम्रो काम गर्दे आएको बताउदै संस्थाले यस्ता कार्यक्रम समर्ग वडामा सञ्चालन गर्ने सुझाव दिनु भएको छ । प्रमुख अतिथीको आशनबाट बोल्दै प्रमुख कुँवरले संस्थाने जिल्लामा नमुना योग्य काम गरेको बताउदै  यसलाई अझै एकत्रित गर्दे लैजानु पर्ने बताउनु भएको थियो  । साथै  जिल्लामा हिंसाका घटना बढ्दै गएको बताउदै सहकारी संस्थाकाहरुले  महिलाहरुलाई सिप सिकाएर आत्म निर्भर बनाउनु पर्ने कुरामा जोड दिनु भएको थियो । अधिकांस हिंसाका घटनाहरु गरीबि अशिक्षा , जनचेतनाको कमी र मदिराले घट्ने गरेको बताउदै यस क्षेत्रमा सबैले पहल गर्नु पर्ने बताउनु भएको छ । यस्तै प्रमुख कुँवरले यहाँका  स्थानीयले स्थानीय उत्पादनमा ध्यान दिन जरुरी रहेको बताउनु भयो । स्थानीय किसानले उत्पादन गरेको कृषि सामग्रीलाई देखि अन्य कुरालाई  बजारीकरणका लागि  पहल गर्नै  प्रतिबद्धता जनाउनु भएको छ । 
 समविकास नेपालले  जिल्लामा महिला हिंसा , बालसविवाह,छाउपडी प्रथा लगाएतका क्षेत्रमा काम गर्दे आएको छ । संस्थाको सुरक्षित आवास गृहबाट चार वर्षको अवधिमा ७६ जनाले सेवा लिएका छन् । कार्यक्रममा संस्थाको प्रगती बिवरण संस्थाका अध्यक्ष सत्य स्ँवारले प्रस्तुत गर्नु भएको थियो । संस्थाको प्रतिवेदन काजले स्ँवार र पवन गरीले प्रस्तुत गर्नु भएको थियो भने आर्थिक प्रतिवेदन लेखा अधिकृत बल बहादुर रावलले प्रस्तुत गर्नु भएको थियो । समविकास नेपालका अध्यक्ष सत्य स्ँवारको अध्यक्षतामा भएको कार्यक्रमका बिशिष्ट अतिथी साँफेबगर नगरपालिकाका प्रमुख राजेन्द्र कुँवर, रामारोशन गाउपालिकका  निवर्तवान उपाध्यक्ष सरस्वती रावल रहनु भएको थियो । कार्यक्रममा नेपाली काँग्रेस जिल्ला कार्यसमिती सदस्य राम बहादुर कँुवर,नेकपा माववादी जिल्ला कमीटी सदस्य रंग ठकुल्ला , वडा नं ९ का वडा अध्यक्ष दिपक कुँवर,नेपाल राष्ट्रिय शिक्षक महासंघ प्रदेश सदस्य जानकी बोहरा , रेडियो बान्नीगढीका कार्यकारी निर्देशक धनराज साउद सहकारी संस्थाका प्रतिनिधि अप्सरा कुँवर,दलित संञ्जालका अध्यक्ष किथ्थी टमट्टा लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा सहभागि सरोकारवालेहरुले व्याक्तीगत स्वार्थ र पुर्वाह त्यागेर उदाहरणीय काम गर्ने सुझाव दिनु भएको थियो । कार्यक्रममा वडा अध्यक्ष, खप्तड गुल्मका प्रमुख धन बहादुर धामी, ईलाका प्रहरी कार्यालय साँफेबगरका प्रमुख खकेन्द्र साउद ,बिभिन्न संघ संस्थाका प्रमुख प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । समविकास नेपालका उपाध्यक्ष दुधकला बिष्टले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन संस्थाका सचिव रुपा नेपालीले गर्नु भएको थियो ।  

प्रतिक्रिया

ट्रेन्डिङ