Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

अछाममा मानसिक रोगका बिरामीको चाप बढ्दै

अछाममा मानसिक रोगका बिरामीको चाप बढ्दै

अछाम : जिल्लामा मानसिक रोगका विरामी बढ्दै गएका छन । कोरोना महामारी पछि मानिसको जीवनमा धेरै तनाव , बेरोजगारीका कारण आर्थिक समस्या बढ्दै जानु लगाएतका कारण जिल्लाका मानसिक रोगका बिरामी बढ्दै गएको बयालपाटा अस्पतालका मेडिकल निर्देशक मन्दिप पाठकले बताए ।

पछिल्लो समय बढ्दो सहरीकरणसँगै मानिमा बढेको महत्वाकांक्षा पूरा नहुनु, व्यवसायमा असफलता, जीवनमा आउने कठिनाइको सामना गर्ने नसक्नु , रोजगारीको अवसर नहुनु लगायतका कारण मानसिक समस्या दिन प्रतिदिन बढ्दै गएको उनको भनाई छ ।

स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रहने, औषधि र मनोपरामर्श सेवा लिएमा यसलाई केही कम गर्न सकिने उनको भनाई छ । मानसिक रोगलाई सामान्य रूपमा नलिई यसको उचित परीक्षण गराई मनोचिकित्सक तथा मनोपरामर्शकर्ताको सल्लाहअनुसार उपचार गरेमा बिरामीको अवस्थामा सुधार ल्याउन सकिने उनको भनाइ छ।

जिल्ला स्वास्थ्य कार्यालय अछामको तथ्याङक अनुसार जिल्लामा १ वर्षको अवधिमा ५ सय ६३ जनामा मानसिक रोग देखिएको छ । जसमध्ये सबैभन्दा धेरै मंगलसेन नगरपालिकामा ५ सय ३२ र सबै भन्दा कम मेल्लेख गाउपालिकामा ४ जना रहेका छन् । ढकारी गाउपालिकामा १७ जना , चौरपाटि गाउपालिकामा ५ जना बान्नीगढी जैगढ गाउपालिकामा ५ जना रोग देखिएको छ । जिल्लामा मानसिक रोगका बिरामी पुरुषको तुलनामा महिलाको संख्या बढी रहेको तथ्याङकले देखाएको छ ।

जिल्लामा १ सय ६३ पुरुष छन भने ४०० जना महिला रहेका छन् । जसमध्ये २० वर्ष उमेर समुहका ८८ जना , २० वर्ष देखि २९ वर्ष उमेरका ३ सय ८ जना रहेका छन भने ३० देखि ६९ वर्ष सम्मका १ सय ६६ जना छन् । यस्तै ७० वर्षका १ जना बृद्धमा पनि मानसिक रोग देखिएको स्वाथ्य कार्यालय अछामको तथ्याङकले देखाएको छ ।

सरकारले मानसिक रोगको औषधि निःशुल्क प्रदान गर्नुका साथै मनोपरामर्श दिँदै आएको भए पनि त्यो प्रभावकारी हुन सकेको छैन । मानसिक समस्याका कारण आत्महत्या, हत्या तथा आपराधिक क्रियाकलाप समेत बढेको साँफेबगर नगरपालिका ९ बुढाकोटका स्वास्थ्य चौकी प्रमुख नरेस रावतले बताए ।

पारिवारीक समस्या , नकरात्मको सोच, सामाजिक संजालको बढ्दो प्रयोग , आत्मग्लानि, महत्वाकांक्षा बढ्नु र गरिबीका कारण वर्षेनि मानसिक रोगीको संख्या बढ्दै गएको उनको भनाइ छ। समयमा नै उपचार पाउने र नियमित औषधिको प्रयोग गर्ने हो भने मानसिक रोग निको हुने मनोपरामर्शदाताको भनाई छ ।

सामान्य खालका मानसिक रोग उचित परामर्शले पनि निको हुने गरेका कारण यसबारेमा विभिन्न जनचेतनात्मक कार्यक्रम सञ्चालन गरी समाजमा जानकारी राउन आवश्यक रहेको छ । मानीसको सम्पुर्ण अंगलाई चलायमान बनाउन र हरेक क्रियाकलापल चुस्त दुरुस्त बनाउन स्वस्थ मानसिक अवस्था हुनु अतिआवश्य हुने भएकाले त्यसका लागि हरेक व्याक्तिले आफुलाई स्वस्थ र खुशी राख्न जरुरी छ ।

प्रतिक्रिया