Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, २४ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिमबाट ६ जना बेपत्ता, तीन जनालाई अपहरण

सुदूरपश्चिमबाट ६ जना बेपत्ता, तीन जनालाई अपहरण

धनगढीः सुदूरपश्चिमबाट ६ जनालाई बेपत्ता पारिएको छ। आर्थिक वर्ष २०७९/८० मा तीन जनालाई अपहरण गरी बेपत्ता पारिएको प्रदेश प्रहरी कार्यालय धनगढीले उपब्ध गराएको तथ्यांकमा उल्लेख छ। सो अवधिमा मात्रै व्यक्ति बेपत्ता कसुर अन्तर्गत तीन, व्यक्ति अपहरण र बेपत्ता तीन तथा एसिड प्रहारबाट एक गरी कुल ७ घटना प्रहरीमा आइपुगेका छन्।

आर्थिक वर्ष २०७७/७८ मा व्यक्ति बेपत्ता सम्वन्धि कसुरमा एक, व्यक्ति अपहरण र बेपत्तामा तीन, बालबालिका सम्वन्धि कसुरमा एक, तेजाब प्रयोग गरी अंगभंगमा एक तथा तेजाब तथा घातक रसायनिक पदार्थ एक गरी ७ वटा घटना प्रहरीमा दर्ता भएका थिए। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा व्यक्ति अपहरण र बेपत्ताको एउटा मात्र घटना प्रहरीमा दर्ता भएको पाइएको छ।

अपराध संहिताको परिच्छेद ७ मा अपहरण तथा शरीर बन्धक लिएको सम्वन्धि कसुर अन्तर्गत ७ वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ। यस्तो अपराध अन्तर्गत ज्यान लिने, कुटपिट गरी चोट पुगाउने, जबरजस्ती करणी गर्ने, मानिस बिक्री गर्ने वा बेश्यावृत्तिमा लगाउने, यातना दिने, कुनै काम गर्न वा गराउन बाध्य गराउने, अपहरण गर्ने वा गर्न लगाउने दुबै व्यक्तिलाई उल्लेखित अपराध संहिताअनुसार सजायको व्यवस्था गरिएको छ।

वर्षेनि संख्यामा घटबढ हुने गरेको भए पनि व्यक्ति बेपत्ता सम्वन्धि कसुर, व्यक्ति अपहरण बेपत्ताका घटना भइनै रहेका छन्। महिला, बालबालिका, किशोर/किशोरी मात्र नभएर युवायुवती समेत यसको सिकार बन्ने गरेका छन्। यस्ता अपराध न्युनिकरणका लागि प्रहरीले काम गर्दै आएको दाबी गरे पनि यस्ता घटना भने वर्षेनि दोहोरिरहेका छन्।

प्रतिक्रिया