Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०५ कार्तिक २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिमबाट ६ जना बेपत्ता, तीन जनालाई अपहरण

सुदूरपश्चिमबाट ६ जना बेपत्ता, तीन जनालाई अपहरण

धनगढीः सुदूरपश्चिमबाट ६ जनालाई बेपत्ता पारिएको छ। आर्थिक वर्ष २०७९/८० मा तीन जनालाई अपहरण गरी बेपत्ता पारिएको प्रदेश प्रहरी कार्यालय धनगढीले उपब्ध गराएको तथ्यांकमा उल्लेख छ। सो अवधिमा मात्रै व्यक्ति बेपत्ता कसुर अन्तर्गत तीन, व्यक्ति अपहरण र बेपत्ता तीन तथा एसिड प्रहारबाट एक गरी कुल ७ घटना प्रहरीमा आइपुगेका छन्।

आर्थिक वर्ष २०७७/७८ मा व्यक्ति बेपत्ता सम्वन्धि कसुरमा एक, व्यक्ति अपहरण र बेपत्तामा तीन, बालबालिका सम्वन्धि कसुरमा एक, तेजाब प्रयोग गरी अंगभंगमा एक तथा तेजाब तथा घातक रसायनिक पदार्थ एक गरी ७ वटा घटना प्रहरीमा दर्ता भएका थिए। त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा व्यक्ति अपहरण र बेपत्ताको एउटा मात्र घटना प्रहरीमा दर्ता भएको पाइएको छ।

अपराध संहिताको परिच्छेद ७ मा अपहरण तथा शरीर बन्धक लिएको सम्वन्धि कसुर अन्तर्गत ७ वर्षदेखि १० वर्षसम्म कैद र ७० हजारदेखि एक लाखसम्म जरिवानाको व्यवस्था गरिएको छ। यस्तो अपराध अन्तर्गत ज्यान लिने, कुटपिट गरी चोट पुगाउने, जबरजस्ती करणी गर्ने, मानिस बिक्री गर्ने वा बेश्यावृत्तिमा लगाउने, यातना दिने, कुनै काम गर्न वा गराउन बाध्य गराउने, अपहरण गर्ने वा गर्न लगाउने दुबै व्यक्तिलाई उल्लेखित अपराध संहिताअनुसार सजायको व्यवस्था गरिएको छ।

वर्षेनि संख्यामा घटबढ हुने गरेको भए पनि व्यक्ति बेपत्ता सम्वन्धि कसुर, व्यक्ति अपहरण बेपत्ताका घटना भइनै रहेका छन्। महिला, बालबालिका, किशोर/किशोरी मात्र नभएर युवायुवती समेत यसको सिकार बन्ने गरेका छन्। यस्ता अपराध न्युनिकरणका लागि प्रहरीले काम गर्दै आएको दाबी गरे पनि यस्ता घटना भने वर्षेनि दोहोरिरहेका छन्।

प्रतिक्रिया

ट्रेन्डिङ