Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा विपदका घटनाबाट ६ महिलाको मृत्यु, १५ घाइते

सुदूरपश्चिममा विपदका घटनाबाट ६ महिलाको मृत्यु, १५ घाइते

धनगढीः शुक्रबार विहान कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैडाको आक्रमणबाट एक महिलाको मृत्यु भयो। च्याउँ टिप्न निकुञ्ज पसेकी बेलडाँडी गाउँपालिका–२ गुन्डी टोलकी ४२ वर्षीय बेलमती बुढाले गैडाको आक्रमणबाट घटनास्थलमै ज्यान गुमाउनु परेको हो।

उनीसंगै अन्य दुई जना महिला पनि च्याउँ टिप्न निकुञ्ज प्रवेश गरेका थिए। उनीहरुले भागेर ज्यान जोगाएका छन्। निकुञ्ज अन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिच ताल क्षेत्रमा महिलाको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए। यो त केबल ताजा घटना मात्र हो। यस्ता अन्य विपदबाट यहाँका धेरै महिलाले ज्यान गुमाइसकेका छन्।

सुदूरपश्चिममा सर्पदंशसहित प्राकृति विपदबाट गरी एक महिनाको अवधिमा मात्र ६ जना महिलाले ज्यान गुमाइसकेका छन्। चालु आर्थिक सुरु भएको एक महिनाको अवधिमा यस्ता घटनाबाट थप १५ महिला घाइते भएका छन्। सो अवधिसम्म पहिरो र चट्याङबाट दुई महिलाको मृत्यु भएको छ।

जनावर आंतकबाट एक तथा सर्पदंशबाट तीन गरी चार महिलाको मृत्यु भएको सुदूरपश्चिम प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र (पीइओसी) धनगढीले संकलन गरेको तथ्यांकले देखाएको छ। सो अवधिमा लेक लागेर थप एक महिला गरी कुल ६ जना महिलाको मृत्यु भएको छ।

त्यस्तै पहिरोबाट तीन र चट्याङमा परेर दुई गरी पाँच महिला घाइते भएका छन्। जनावर आंतकबाट पाँच, आगलागीबाट दुई, सर्पदंशबाट दुई र लेक लागेर एक गरी एक महिनाको अवधिमा १५ महिला घाइते भएको पीइओसीले संकलन गरेको तथ्यांकले देखाएको छ। त्यस्तै पहिरो, बाढी, सर्पदंश र लेक लागेर एक/एक गरी कुल चार जना पुरुषको मृत्यु भएको छ। साथै पहिरोबाट दुई, बाढीबाट एक, जनावर आंतकबाट ९, आगलागीबाट एक र लेक लागेर दुई गरी कुल १५ जना पुरुष घाइते भएका छन्।

प्रतिक्रिया