Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

फेसबुकका प्रेमीले दिल्लीमा लुट्यो इज्जत, विवाहको नाममा दाजुभाइबाटै यौन शोषण

फेसबुकका प्रेमीले दिल्लीमा लुट्यो इज्जत, विवाहको नाममा दाजुभाइबाटै यौन शोषण

सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट प्रेम सम्बन्धमा जोडिएकी एक किशोरीको इज्जत दिल्ली पुगाएर लुटिएको छ। फेसबुकका प्रेमीले विवाह गर्ने भन्दै जबरजस्ती करणी गरेर एक महिनापछि ती प्रेमीलेले आफ्ना लागि नभई दाइका लागि दिल्ली ल्याएको भन्दै उनी फरार भएको विषय बाहिर आएको छ। १६ वर्षीया ८ कक्षामा अध्ययनरत ती किशोरीको फेसबुकका प्रेमीले मात्र नभई ती प्रेमीका दाजुले समेत जबरजस्ती करणी गरेर जिवन बर्बाद पारिदिएका छन्।

करिब ६ महिना अघि सामाजिक सञ्जाल फेसबुकमा उनको एक युवकसँग कुराकानी सुरु भएको थियो। दैनिक रुपमा हुने कुराकानी मायाप्रेममा परिणत हुन पुगेको थियो। दुई/अढाई महिनासम्म सामाजिक सञ्जालको कुराकानीमै उनीहरु भेट्न तयार भएका थिए। भारतको दिल्लीमा काम गर्ने युवक र ती किशोरीबीच वीरगन्जमा भेटने कुरा भयो। युवक दिल्लीबाट र किशोरी धनुषाबाट वीरगन्ज पुगे। त्यतिबेला युवककी दिदी पनि सँगै थिइन।

युवकले भारतमा राम्रो नोकरी भएकाले विवाह गरेर उतै लैजाने भनेपछि किशोरी दिल्ली जान तयार भइन्। युवकले दिदी र ती किशोरीलाई वीरगन्ज नाकाबाटै घोडागाडी पठाए। वीरगन्जमै एकजना वृद्धलाई पनि नाकामा रोकेर उनले चेकजाँच गरेमा छोरी भनिदिनु भन्दै फकाए। नम्बर पनि साटासाट गरे। तर नाकामा चेकजाँच र कुनै सोधपुछ नै भएन। दिल्ली लगेर युवकले एक महिनासम्म आफुसँगै राखे। विवाह गर्ने भन्दै प्रलोभन दिएर जबरजस्ती करणी गरे।

‘एक महिनापछि मेरो लागि होइन दाईको लागि ल्याएको भन्दै ती किशोरीका प्रेमी फरार भए,’ यसैसाता माइती नेपाल कञ्चनपुरले दिल्लीबाट उद्धार गरेर ल्याएकी पीडित किशोरीले भनिन्, ‘त्यसपछि उसको दाईको यातना सुरु भयो।’ युवकका दाईले पनि जबरजस्ती करणी मात्रै गरेनन‚ यातना पनि दिन थाले। यही बीचमा पार्वतीले युवकको दाईले अरु कसैसँग कुरा गरेको सुनिन्। जसबाट उनी झसंग भइन्। उनलाई बेच्ने तयारी भइरहेको थियो।

उनलाई कोठामा बन्धकजस्तै राखिएको थियो। बाहिर जाँदा पनि नजिक मात्रै आफूसँगै लैजाने गर्थे। एक दिन पार्वतीले मेसेन्जरबाट आफ्नो अवस्था आमालाई बताइन। आफू भएको ठाउँ र आफ्नो अवस्थाबारे सबै जानकारी गराइन्। त्यसपछि आमालाई जिल्ला प्रहरी कार्यालय धनुषालाई उद्धारका लागि आग्रह गरिन्। धनुषा प्रहरीबाट माइती नेपाल धनुषा हुँदै उक्त कुरा माइती नेपाल कञ्चनपुर पुग्यो।

‘यो कुरा पीडितकी आमाले दिल्लीमा आफ्ना नेपाली साथीभाईसँग पनि पु¥याइसकेकी रहिछन्,’ माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भनिन्, ‘उनीहरुकै सहयोगमा उनलाई उद्धार गरेर ल्याइएको हो।’ पीडितकी आमा केही वर्ष दिल्लीमै बसेर काम गरेकी थिइन्। त्यही बेलाका साथीभाईलाई उनले छोरीको अवस्था बताएर उद्धारका लागि आग्रह गरेकी थिइन। माइती नेपाल र नेपालीकै टोली पार्वतीको उद्धारका लागि पुग्दा उनलाई बन्धक बनाएर राखिएको थियो।

धेरै दिनदेखि खाना पनि दिइएको थिएन। हिँडडुल तथा बोल्न समेत नसक्ने अवस्थामा उनको उद्धार गरियो। ‘पाँच दिन दिल्लीमै उपचारपछि बल्ल उनी बोल्न र हिडडुल गर्न सक्ने भइन्,’ उद्धारमा खटिएकी भट्टले भनिन्, ‘त्यसपछि महेन्द्रनगर ल्याइएको हो।’ उनलाई मंगलबार माइती नेपालकै कर्मचारीसककंग धनुषा पठाइएको छ। माइती नेपालले २०२३ मा हालसम्म भारतबाट १४ जनाको उद्धार गरेको छ। जसमा अधिकांश सामाजिक सञ्जालबाटै सम्पर्कमा आएका छन्।

कतिपय साथीभाई बनेर त कतिपय प्रेमिका बनेर फसेका छन्। ‘जागिरको प्रलोभन, दिल्ली मुम्बईमा राम्रो नोकरी भएको भन्दै फकाउने आदि कारणले किशोरीहरु फसेका छन‚’ भट्टले भनिन्, ‘हामीले भारतबाट उद्धार गरेका अधिकांश सामाजिक सञ्जालबाटै सम्पर्कमा आएर भारत पसेका छन्।’ उनका अनुसार कतिपयलाई महिलाहरुले नै फकाएर लैजाने गरेको समेत पाइन्छ। –कान्तिपुरबाट

प्रतिक्रिया