Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, २७ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

ड्रक्सले कैलालीका युवाको भविष्य बर्बाद, जेलभित्र हुँलिदा परिवारमा रुवावासी

ड्रक्सले कैलालीका युवाको भविष्य बर्बाद, जेलभित्र हुँलिदा परिवारमा रुवावासी

धनगढीः ड्रक्स अर्थात लागुऔषधको सेवनबाट कैलालीका अधिकांश युवाको भविष्य बर्बाद बन्न थालेको छ। भविष्यको उर्वर शक्ति युवाको ठुलो जमात ड्रक्सको दलदलमा फस्न थालेपछि उनीहरुको परिवारमा रुवाबासी छ। लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ परेर जेलभित्र हुँलिन थालेपछि परिवारका सदस्यमा चिन्ता बढ्न थालेको छ।

ड्रक्सको दलदलमा सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरका युवा फस्न थालेका हुन्। कानुनले अपराध मानेको लागुऔषध सेवन, विक्रीविरतण र ओसारपसार कार्यलाई निरुत्साहित गर्न प्रहरीले कडा निगरानी गर्न थालेपछि संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्। ड्रक्सको दलदलमा पछिल्लो समय किशोर समेत फस्नेक्रम बढेको छ। यसले परिवारमा झन ठुलो समस्या खडा गरिदिएको छ।

लागुऔषधको कुलतबाट जोगाउन अभिभावकलाई निकै चुनौति भइरहेको छ। लुकीछिपी यस्तो कुलतमा फसेकाहरुलाई यसबाट छुट्करा दिलाउन परिवारका सदस्यलाई हम्मेहम्मे नै परेको छ। लागुऔषध सेवन एक प्रकारको रोग हो। यसको समयमै उपचार गर्न सके समाजमा पुरानै अवस्थामा कुलतमा फसेकाहरुलाई फर्काउन सकिने लागुऔषध रोग विशेषज्ञ डाक्टर प्रभातकुमार सापकोटा बताउँछन्।

‘लागुऔषध प्रयोगकर्ता एक प्रकारका रोगी हुन, उनीहरुलाई समयमै उपचारको दायरामा ल्याउन सके यस्तो समस्याबाट छुटकरा दिलाउन सकिन्छ।’ लागुऔषध रोग विशेष डाक्टर सोपकोटा धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा कार्यरत छन्।
विशेष गरी कैलाली र कञ्चनपुरमा लागुऔषधको दलदलमा सबैभन्दा बढी युवा र त्यसपछि शिकोर यसको सिकार बन्न पुगेका छन्।

यस्तो कुलतमा विस्तारै युवती र किशोरी समेत फस्न थालेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको आँकडाअनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई सय ५३ व्यक्ति विरुद्ध मुद्दा दायर भएको छ। यो संख्या आर्थिक वर्ष २०७८/७९ मा तीन सय ५३ र आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा बढेर झण्डै दोब्बर अर्थात पाँच सय ४० नाघेको छ।

लागुऔषध सेवन, ओसारपसार र विक्रीवितरणमा संलग्न यति ठुलो संख्यामा प्रहरी पक्राउ गरेर जेलभित्र हुँलिएका छन्। लागुऔषधको कुलतमा स्कुले एवं कलेजमा अध्ययनरत विद्यार्थी नै फस्न थालेपछि पछिल्लो समय प्रदेश प्रहरी कार्यालयले विद्यालयमै पुगेर कक्षा लिन सुरु गरेको छ।

प्रतिक्रिया