Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, १७ साउन २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो बयालपाटा अस्पताल अब प्रदेश सरकारको स्वामित्वमा : सम्झौता पत्रमा हस्ताक्षर गरियो साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकामा मेलमिलापकर्ताका लागि ८ दिने आधारभूत तालिम सम्पन्न साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित साँफेबगर नगरपालिकाको आगामी बर्षको बजेट सर्बसम्मत पारित

ड्रक्सले कैलालीका युवाको भविष्य बर्बाद, जेलभित्र हुँलिदा परिवारमा रुवावासी

ड्रक्सले कैलालीका युवाको भविष्य बर्बाद, जेलभित्र हुँलिदा परिवारमा रुवावासी

धनगढीः ड्रक्स अर्थात लागुऔषधको सेवनबाट कैलालीका अधिकांश युवाको भविष्य बर्बाद बन्न थालेको छ। भविष्यको उर्वर शक्ति युवाको ठुलो जमात ड्रक्सको दलदलमा फस्न थालेपछि उनीहरुको परिवारमा रुवाबासी छ। लागुऔषध सेवन, कारोबार र ओसारपसारमा संलग्नहरु धमाधम पक्राउ परेर जेलभित्र हुँलिन थालेपछि परिवारका सदस्यमा चिन्ता बढ्न थालेको छ।

ड्रक्सको दलदलमा सबैभन्दा बढी कैलाली र त्यसपछि कञ्चनपुरका युवा फस्न थालेका हुन्। कानुनले अपराध मानेको लागुऔषध सेवन, विक्रीविरतण र ओसारपसार कार्यलाई निरुत्साहित गर्न प्रहरीले कडा निगरानी गर्न थालेपछि संलग्नहरु धमाधम पक्राउ पर्न थालेका छन्। ड्रक्सको दलदलमा पछिल्लो समय किशोर समेत फस्नेक्रम बढेको छ। यसले परिवारमा झन ठुलो समस्या खडा गरिदिएको छ।

लागुऔषधको कुलतबाट जोगाउन अभिभावकलाई निकै चुनौति भइरहेको छ। लुकीछिपी यस्तो कुलतमा फसेकाहरुलाई यसबाट छुट्करा दिलाउन परिवारका सदस्यलाई हम्मेहम्मे नै परेको छ। लागुऔषध सेवन एक प्रकारको रोग हो। यसको समयमै उपचार गर्न सके समाजमा पुरानै अवस्थामा कुलतमा फसेकाहरुलाई फर्काउन सकिने लागुऔषध रोग विशेषज्ञ डाक्टर प्रभातकुमार सापकोटा बताउँछन्।

‘लागुऔषध प्रयोगकर्ता एक प्रकारका रोगी हुन, उनीहरुलाई समयमै उपचारको दायरामा ल्याउन सके यस्तो समस्याबाट छुटकरा दिलाउन सकिन्छ।’ लागुऔषध रोग विशेष डाक्टर सोपकोटा धनगढीस्थित निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालिमा कार्यरत छन्।
विशेष गरी कैलाली र कञ्चनपुरमा लागुऔषधको दलदलमा सबैभन्दा बढी युवा र त्यसपछि शिकोर यसको सिकार बन्न पुगेका छन्।

यस्तो कुलतमा विस्तारै युवती र किशोरी समेत फस्न थालेका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको आँकडाअनुसार आर्थिक वर्ष २०७७/७८ मा दुई सय ५३ व्यक्ति विरुद्ध मुद्दा दायर भएको छ। यो संख्या आर्थिक वर्ष २०७८/७९ मा तीन सय ५३ र आर्थिक वर्ष २०७९/८० सम्म आइपुग्दा बढेर झण्डै दोब्बर अर्थात पाँच सय ४० नाघेको छ।

लागुऔषध सेवन, ओसारपसार र विक्रीवितरणमा संलग्न यति ठुलो संख्यामा प्रहरी पक्राउ गरेर जेलभित्र हुँलिएका छन्। लागुऔषधको कुलतमा स्कुले एवं कलेजमा अध्ययनरत विद्यार्थी नै फस्न थालेपछि पछिल्लो समय प्रदेश प्रहरी कार्यालयले विद्यालयमै पुगेर कक्षा लिन सुरु गरेको छ।

प्रतिक्रिया