Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

टीकापुर घटनाका कैदीबन्दी रिहा

टीकापुर घटनाका कैदीबन्दी रिहा

टीकापुर घटनाका सबै कैदी बन्दी रिहा भएका छन् । संविधान दिवसको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूको बाँकी कैद मिनाहा गरेपछि रिहा हुन बाँकी रहेका चार जना सबै रिहा भएका हुन । फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ अनुसार उनीहरूको बाँकी कैद माफ गरिएको हो । 

मोतीपुरका हरिनारायण चौधरी, लट्कनियाका प्रदीप चौधरी र टीकापुर नगरपालिका–४ ठाह्रापुरका वीरबहादुर चौधरी रहेका छन् । यसै गरी, तत्कालीन अवस्थामा नाबालक रही पोखरा सुधार गृह पुर्‍याइएका लट्कनियाकै श्रवणकुमार चौधरीलाई पनि रिहा भएको प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरीले जानकारी दिए । तीन जना कैलाली जिल्ला कारागारबाट र एक जना पोखराबाट रिहा भएका हुन । 

कैलाली जिल्ला कारागारबाट रिहा भएका कैदीहरूको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष एवम् मन्त्री रन्जिता श्रेष्ठ, सो पार्टीका संरक्षक रेसम चौधरी, सुदूरपश्चिम प्रदेशका मन्त्री रामेश्वर चौधरी, प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी, अरुणकुमार चौधरी, प्रदेश सभा सदस्यहरू लगायतले अबिर, खादा लगाएर स्वागत गरेका थिए  । 

टीकापुर घटनाको मुख्य योजनाकार भनी दोषी ठहर गरिएका रेसमलाल चौधरीलाई गत जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा कैदमुक्त गरिएको थियो । संविधान निर्माणको क्रममा भएको थरुहट(थारु वान आन्दोलनको क्रममा २०७२ भदौ ७ गते टीकापुर घट्ना घटेको थियो । घट्नामा आठ सुरक्षाकर्मीसहित एक बालकको ज्यान गएको थियो । 

सो घटना मुद्दामा प्रहरीले २७ जनालाई पक्राउ गरेर कर्तव्य ज्यान, डाँका चोरी र ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाएको थियो । मुद्दा चलाइएकामध्ये कैयौँ वर्ष जेल बसिसकेपछि राम नरेश चौधरी, नुरुल जागा, विश्राम कुश्मीले कैलाली जिल्ला अदालत र विश्राम चौधरी, सीताराम चौधरी, गङ्गाराम चौधरीले उच्च अदालत दिपायलबाट सफाइ पाएका थिए । सफाइ पाएकामध्ये गङ्गाराम चौधरीको अन्य मुद्दाको सजाय भुक्तानी गर्न बाँकी रहेका कारण उनलाई पुनः कारागारमा राखिएको छ ।  

यसै गरी, कैलाली कारागारबाट आज रिहा हुनेमा भीमदत्त नगरपालिका कञ्चनपुरका कपिल कुँवर, कैलालीको घोडाघोडी नगरपालिका–१ का रेवती शाही बम, सुन्दरी चौधरी रहेका छन् । कुँवर सवारी ज्यान मुद्दा र दुई जना बहुविवाह मुद्दामा जेल जीवन बिताइ रहेका थिए । यस्तै, चोरी मुद्दामा जेल जीवन बिताइरहेका धनगढी उपमहानगरपालिका–१ का लोकेन्द्रसिंह सामन्त, दीपक साउँद र अवैध हातहतियार मुद्दामा जेल जीवन बिताइरहेका डोटीका नरबहादुर साउँद पनि रिहा भएका छन् ।  

आवश्यक प्रक्रिया पुर्‍याएर उनीहरूलाई रिहा गरिएको कैलाली जिल्ला कारागारका जेलर पदमराज तिमिल्सिनाले जानकारी दिए । १५० क्षमताको कैलाली कारागारमा हाल ५२ जना महिलासहित ६७२ जना कैदी बन्दी रहेका छन् । 

प्रतिक्रिया