Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिमका सबै सरकारी विद्यालयको पठनपाठन बन्द हुने गरी शिक्षक आन्दोलित

सुदूरपश्चिमका सबै सरकारी विद्यालयको पठनपाठन बन्द हुने गरी शिक्षक आन्दोलित

धनगढीः सुदूरपश्चिमका सरकारी विद्यालयका शिक्षक काठमाडौं पुगेका छन्। कक्षाकोठामा विद्यार्थीहरूमाझ हुनुपर्ने शिक्षक–शिक्षिकाहरू आज सडकमा उत्रिएका छन्।

माइतीघर–वानेश्वर सडक ढपक्कै ढाकेर उनीहरू  विरोध प्रदर्शनमा उत्रिएका छन्। संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा सुदूरपश्चिमका शिक्षक पनि आन्दोलित बनेका हुन्। विभिन्न जिल्लाबाट शिक्षक–शिक्षिका गाडी रिजर्भ गरेर आन्दोलनका लागि काठमाडौँ पुगेका छन्। सामुदायिक विद्यालयहरूको छाता सङ्गठन नेपाल शिक्षक महासङ्घको आह्वानमा यो आन्दोलन सुरु भएको हो।

महासङ्घले देशभरका सबै सामुदायिक विद्यालयहरू बन्द गराएको छ। विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षकहरू आन्दोलित भएका हुन्। राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारी आन्दोलनमा सहभागी छन्। सरुवा, बढुवा, दरबन्दी लगायतका मुद्दा उठाएका उनीहरूले स्थानीय तह मातहत नबस्ने बताएका छन्।

शिक्षकहरूको आन्दोलनको कारण सुदूरपश्चिमका सम्पूर्ण सामुदायिक विद्यालय बन्द हुने भएका छन्। शिक्षक महासंघले असोज ३ गतेबाट अनिश्चितकालीन विद्यालय बन्दको घोषणा गरेको छ। जसका कारण देशभर ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित हुनेछन्।

प्रतिक्रिया