ताजा अपडेट
कञ्चनपुरमा कुटपिट र लुटपाट गर्ने दुई जना पक्राउ
कञ्चनपुरः कञ्चनपुरमा कुटपिट र लुटपाट गर्ने दुई जना पक्राउ परेका छन्। जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ को अर्जुनी जंगलमा बुधवार साँझ कुटपिट तथा लुटपाट गर्ने बेदकोट नगरपालिका २ दैजी का २२ वर्षीय कमल चौधरी र सोही ठाँउका २७ वर्षीय राजु डगौरा पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीले शुक्लाफाँटा नगरपालिका–५ बस्ने ४० वर्षीय अम्बादत्त जोशी र उनकी बहिनी द्रोपती जोशीलाई गड्डाचौकीबाट जर्सी गाई घरतर्फ ल्याइरहेको अवस्थामा दुई युवकले कुटपिट गरी लुटपाट गरेको बताए।
द्रोपतीले घाटीमा लागाएको ८ (आठ) आनाको तिलहरी, मोबाइल लुटेर फरार भएका दुवै जनालाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेको हो। कुटपिटबाट घाइते भएका अम्बादत्तको दुवै हात र खुट्टामा चोट लागेको छ। से.२ प ८३६२ नम्बरको मोटरसाईकलमा सवार दुबैजनाको नामथर खुलेपछि पक्राउ गरिएको प्रहरीले बताएको छ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया