Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, १० जेठ २०८३
प्रचलनमा:
ताजा अपडेट
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर

गेटा मेडिकल कलेज पूर्वाधार विकास समिति नेतृत्व विहीन

गेटा मेडिकल कलेज पूर्वाधार विकास समिति नेतृत्व विहीन

धनगढीः कैलालीको गेटा मेडिकल कलेज पूर्वाधार विकास समिति नेतृत्व विहीन भएको छ। पूर्वाधार विकास समितिका निर्देशक हेमराज पुजारा सेवानिवृत्त भएपछि समिति नेतृत्व विहीन भएको हो। पुजारा भदौमा सेवानिवृत्त भए पनि सङ्घीय सरकारले अर्को निर्देशक पठाएको छैन। सङ्घीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कर्मचारीको दरबन्दी भने स्वीकृत गरेको छ। सङ्घीय सरकारको बजेट भाषणमा समिति खारिज गर्ने उल्लेख गरिएकोमा भौतिक पूर्वाधार निर्माणका काम बाँकी रहेकाले समितिका कर्मचारीको दरबन्दी स्वीकृत गरिएको हो। गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका तत्कालीन निर्देशक हेमराज पुजाराले आफू भदौमा सेवानिवृत्त भएको बताए। उनले भने, ‘समितिको दरबन्दी स्वीकृत गरिएको छ। बजेट पनि छ। दरबन्दी दिएन भने समस्या पर्छ होला। दिएपछि फरक पर्दैन। रकम पनि दिएको छ। सात जनाको जनशक्ति पनि छ। साढे २ करोड बजेट छ।’

कैलालीको गेटामा पाँच अर्ब बढीका भौतिक संरचनाहरू तयार छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पाँच अर्ब बढी खर्चेर चिकित्सा शिक्षा अध्ययन तथा अस्पताल सञ्चालनका लागि भौतिक संरचना तयार पारेको हो। गेटामा प्रशासनिक भवन, अस्पताल भवन, प्रयोगशाला तथा चिकित्सा शिक्षा अध्यापनका लागि भवन तयार छन्। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मातहतको पूर्वाधार विकास समितिले छात्रावास भवन तथा आवासका लागि समेत भवन निर्माण गरेको छ। प्रशासन तथा अस्पतालका लागि आवश्यक फर्निचरसमेत गरिद गरिएको छ। पाँचवटा ठेक्का मार्फत थप दुई अर्ब २० करोडका संरचना निर्माणको काम भने जारी छ। विद्युत् लाइन विस्तारको कामसमेत पूरा भएको छ। सडक, खानेपानी र पखार्ल निर्माणको काम जारी छ। गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका तत्कालिन निर्देशक हेमराज पुजाराले पुजीगत बजेट ३० करोड बजेट रहेको बताए। ‘बिजुली परीक्षणको चरणमा छ। ठुला ट्रान्सफर्मरको परीक्षण गर्न बाँकी छ। सडकको काम बाँकी छ,’ उनले भने।

पूर्वाधार विकास समिति मार्फत गेटामा दुई अर्ब २० करोडका भौतिक संरचना निर्माणको काम जारी रहेका बेला पूर्वाधार समिति नेतृत्व विहीन भएको हो। पूर्वाधार समितिका कर्मचारीको पद भने स्वीकृत भएको छ। सङ्घीय सरकारले बजेट भाषणमा समिति खारिज गर्ने उल्लेख गरेकोमा पछि पद स्वीकृत गरिएको हो। तर, समिति नेतृत्व विहीन भएकाले फोहोरमैला व्यवस्थापन लगायतका नयाँ काम अघि बढाउन समस्या भएको छ।

हाल गेटामा चारवटा ठेक्का मार्फत सडक, खानेपानी, पर्खाल तथा भवन निर्माणको काम जारी छ। ८ किलोमिटर सडक निर्माणका लागि ३६ करोड, ओभरहेड ट्याङ्कीसहितको खानेपानी विस्तारका लागि २२ करोड, पर्खाल तथा नर्सिङ छात्रावास र चारवटा आवास निर्माणका लागि ४२ करोड र सातवटा भवन निर्माणका लागि ८५ करोडमा ठेक्का सम्झौता गरिएको छ। विद्युत् लाइन विस्तार तथा जडानका लागि ३५ करोडको काम भने पूरा भएको छ। चारवटा ठेक्काको काम पूरा गर्न अझै एक आर्थिक वर्ष लाग्ने देखिएको छ। गेटा मेडिकल कलेज पूर्वाधार विकास समितिका तत्कालीन निर्देशक हेमराज पुजाराले  फोहोर मैला व्यवस्थापनको ठेक्का सम्झौता गर्न बाँकी रहेको बताए। उनले भने, ‘समिति खारिजको विषयले अन्योल भएको हो। असारसम्म ठेक्का गर्ने योजनामा थियौ। तर, भएन। श्रावण पछि नयाँ स्टीमेट गर्नुपर्छ।’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले १४१ दरबन्दी स्वीकृत गर्दै अस्पताल सञ्चालनको तयारी अघि बढाएका बेला पूर्वाधार विकास समिति भने नेतृत्व विहीन छ।

प्रतिक्रिया