Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा, काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा, काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

काठमाण्डाै - आज तेस्रो दिन पनि शिक्षकहरु आन्दोलनमा छन् । माइतीघर मण्डलामा हजारौँ शिक्षकहरु भेला भएका छन् । शिक्षकको आन्दोलनका कारण आज पनि काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

माइतीघर मण्डला र नयाँ बानेश्वर रुट हुँदै चल्ने गाडीलाई विभिन्न ठाउँबाट डाइभर्सन गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार चक्रपथ, गौशाला, तीनकुने, सातदोबाटो, बल्खु, कलङ्की, भद्रकाली लगायत ठाउँबाट गाडी डाइभर्सन गरिएको छ । आज पनि देशका धेरैजसो सामुदायिक विद्यालय बन्द भएका छन् ।

नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशभरका शिक्षकहरु आन्दोलनमा आएका छन् ।  यसैबीच, अहिले शिक्षक महासङ्घ र सरकारबीच वार्ता हुँदैछ । बिहान ९ बजेपछि नै वार्ता हुने भनिए पनि दुवै पक्ष आन्तरिक छलफलमा जुटेकाले ढिलो गरी वार्ता हुन लागेको हो ।

उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको संयोजकत्वमा रहेको सरकारी टोलीले  छलफल सकारात्मक भइरहेकाले आज सहमति हुन सक्ने जनाएको छ । यस्तै, महासङ्घकी अध्यक्ष कमला तुलाधरले पनि आज सहमतिमा पुग्ने गरी वार्ता गर्ने बताउनुभयो । यसअघि हिजो पनि आन्दोनरत शिक्षकहरुसँग छलफल भएको थियो ।

विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै अस्ति बुधवारदेखि शिक्षकहरु आन्दोलनमा छन् । 

प्रतिक्रिया