Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

लैङगिक हिंसा न्युनिकरणको लागी स्थानीय तह र सरोकारवाला निकायको छलफल कार्यक्रम साँफेबगर सम्पन्न

लैङगिक हिंसा न्युनिकरणको लागी स्थानीय तह र सरोकारवाला निकायको छलफल कार्यक्रम साँफेबगर सम्पन्न

लैङगिक विभेदमा आधारित हिंसा रोकथाम र प्रतिकार्य परियोजना दोस्रो चरण अन्र्तगत लैङगिक हिंसा न्युनिकरणको लागी स्थानीय तह र सरोकारवाला निकायको छलफल कार्यक्रम साँफेबगर नगरपालिकामा सम्पन्न भएको छ । पिसविनको आयोजनामा भएको कार्यक्रममा संस्थाले सञ्चालन गरेका कृयाकलाप, पालिकाले बनाएको लैङगिक उत्तरदायी बजेट, लैङगिक हिंसा निवारण कोष परिचालनको अवस्था लगायतका बिषयमा छलफल भएको छ । कार्यक्रममा पिसविनका जिल्ला कार्यक्रम सयोजक गोकुल खड्काले हिसा न्युनिकरण र प्रतिकार्यका लागी संस्थाले नगरपालिकाका ६ वटा वडामा सञ्चालन भएका कार्यक्रमहरु जोडी संवाद,पारिवारिक संवाद,वडा स्तररीय समन्वय बैठक,रुपान्तरण सेसन,अभिभावकसंग अभिमुखिकरण,प्रधानाध्यापक,शिक्षक र साथी शिक्षकहरुको बैठक,बालक्लब गठन पुर्नगठन,केस पहिचान,घरभेट,केस रेफर लगायतका बिषयमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा नगर प्रमुख राजेन्द्रबहादुर कुँवरले विकासका भौतिक संरचनाहरु निमार्णसगसगै पछाडी पारिएका बर्गहरुलाई पनि माथी उकास्न जरुरी रहेको बताउनु भएको छ । उहाँले अब नगरपालिका लैगिक उत्तरदायी बजेट निमार्ण तर्फ केन्द्रीत भएको भन्दै बिकास निमार्णका हरेक गतिबिधिमा महिला,दलित पछाडी पारिएका बर्गहरुलाई समेटेर लैजाने बताउनु भयो । कार्यक्रममा नगर उपप्रमुख शिब बहादुर कुँवर शिलोजले लैगिक उत्तरदायी बजेट निमार्णसगसगै त्यसको कार्यान्वय र अवस्थाको अनुगमन समेत गरिने बताउनु भयो । उहाँले लैगिक हिंसा न्युनिकरण गर्नका लागी सबैभन्दा पहिले आयआर्जनको पाटोलाई बढी ध्यान दिनुपर्ने बताउनु भयो । नगर उपप्रमुख कुँवरले लैगिक उत्तरदायी बजेट ५० प्रतिशत मात्र कार्यन्वयन गर्नसके ठुलो उपलब्धी हुने बताउनु भयो । कार्यक्रममा शुभकामना मन्तव्य राख्दै साँफेबगर नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष हिक्मत कडायतले गैरसरकारी सस्थाले गरेका रचनात्म कार्यक्रमले समाजमा निकै परिवर्तन आएको बताउनु भयो । उहाले यस्ता कार्यक्रममा स्थानीय सरकारसंग समन्वय गरेर अगाडी बढ्न सुझा दिनु भयो । कार्यक्रममा वडा नम्बर २ का वडा अध्यक्ष सेतबहादुर कुवर,वडा नम्बर ३ का वडा अध्यक्ष कुलबहादुर कँुवर,वडा नम्बर ४ का वडा अध्यक्ष नवराज बुढा,वडा नम्बर ६ का वडा अध्यक्ष मिनबहादुर बोहरा,वडा,निमित्त प्रमुख प्रशाकिय अधिकृत शंकर थापा, लगायत बिभिन्न शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागीता रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य पिसविनका सिता कुँवरले गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन कानुन शाखा प्रमुख निर्प विश्वकर्माले गर्नु भएको थियो ।

प्रतिक्रिया