Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बिहिबार, २६ चैत २०८२
प्रचलनमा:
ताजा अपडेट
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती

आन्दोलित शिक्षकहरू विद्यालय ठप्प पारेर नगरपालिकामा हाजिर

आन्दोलित शिक्षकहरू विद्यालय ठप्प पारेर नगरपालिकामा हाजिर

अछाम : आन्दोलित शिक्षकहरूले विद्यालय ठप्प पारेर नगरपालिकामा हाजिर गरेका छन्। सरकारले ल्याउन लागेको शिक्षा विधेयक २०८० विरुद्धको आन्दोलनमा रहेका शिक्षकहरूले साँफेबगर नगरपालिकामा आएर हाजिर गरेका हुन्।

जिल्लाभित्रका अधिकांश शिक्षकहरू आन्दोलनमा सहभागी हुन काठमाडौं गएका छन्। जिल्लामै रहेर आन्दोलन सहभागी शिक्षकहरूले विरोधस्वरूप विद्यालयमा नभएर नगरपालिकामा हाजिरी गरेको सूर्यचन्द्र माविका प्रधानाध्यापक देवेन्द्रबहादुर शाहले बताए। उनले भने, ‘विद्यालय बन्द गर्नु रहर होइन, संघ सरकारले शिक्षकहरूलाई आन्दोलन गर्न बाध्य भयौं। हाम्रा बालबालिकाको पढाइ र भविष्यप्रति निकै चिन्तित छौं। यो रहर नभएर बाध्यता हो। हरेक अधिकार प्राप्तिका लागि यहाँ आन्दोलन गर्ने पर्ने परिस्थिती जहिले सरकारले सिर्जना गरेको छ।’

नगरपालिका भरिका करिब ५ सयभन्दा बढी शिक्षकहरूले आज शुक्रबार नगरपालिकाको कार्यालयमा जम्मा भएर हाजिरी गरेको नेपाल शिक्षक संघ नगरकार्य समितिका अध्यक्ष शंकर कुँवरले बताए। उनले भने, ‘धेरै शिक्षकहरू काठमाडौं आन्दोलनमा सहभागी हुन गएका छन्, जिल्लामा बसेका शिक्षकहरूले विरोधस्वरूप र केन्द्रको सर्कुलेसन अनुसार सबै पालिकामा गएर हाजिर लगाउने भन्ने भएकाले। आज सबै पालिकामा धर्नासहित हाजिरी गरेका छौं।’ 

आफ्ना माग पूरा नहुँदासम्म प्रत्येक दिन बिहान १० बजेदेखि ४ बजेसम्म नगरपालिका अगाडि धर्ना दिने र हाजिर पनि गर्ने कार्यक्रम रहेको त्रिपुरा सुन्दरी मावि प्रधानाध्यपक प्रेमबहादुर कुँवरले बताए। 

संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले अनिश्चितकालीन विद्यालय बन्द गरेर आन्दोलन सुरु गरेका छन्। 

प्रतिक्रिया