Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ११ भदौ २०८२
प्रचलनमा:
ताजा अपडेट
अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण एनआरएनए तास्मानिया राज्य समिति सदस्यमा खेम कुँवरको उम्मेदवारी घोषण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण दश करोडमा खेलकुद मैदान निमार्ण गरी हस्तान्तरण साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न साँफेबगरमा कृषक सुचिकरण सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार अछाममा ‘UNDP इञ्चार्ज’ भन्दै तथ्यांक संकलन, चालकसहित गाडी नियन्त्रणमा, तीन जना फरार

आन्दोलित शिक्षकहरू विद्यालय ठप्प पारेर नगरपालिकामा हाजिर

आन्दोलित शिक्षकहरू विद्यालय ठप्प पारेर नगरपालिकामा हाजिर

अछाम : आन्दोलित शिक्षकहरूले विद्यालय ठप्प पारेर नगरपालिकामा हाजिर गरेका छन्। सरकारले ल्याउन लागेको शिक्षा विधेयक २०८० विरुद्धको आन्दोलनमा रहेका शिक्षकहरूले साँफेबगर नगरपालिकामा आएर हाजिर गरेका हुन्।

जिल्लाभित्रका अधिकांश शिक्षकहरू आन्दोलनमा सहभागी हुन काठमाडौं गएका छन्। जिल्लामै रहेर आन्दोलन सहभागी शिक्षकहरूले विरोधस्वरूप विद्यालयमा नभएर नगरपालिकामा हाजिरी गरेको सूर्यचन्द्र माविका प्रधानाध्यापक देवेन्द्रबहादुर शाहले बताए। उनले भने, ‘विद्यालय बन्द गर्नु रहर होइन, संघ सरकारले शिक्षकहरूलाई आन्दोलन गर्न बाध्य भयौं। हाम्रा बालबालिकाको पढाइ र भविष्यप्रति निकै चिन्तित छौं। यो रहर नभएर बाध्यता हो। हरेक अधिकार प्राप्तिका लागि यहाँ आन्दोलन गर्ने पर्ने परिस्थिती जहिले सरकारले सिर्जना गरेको छ।’

नगरपालिका भरिका करिब ५ सयभन्दा बढी शिक्षकहरूले आज शुक्रबार नगरपालिकाको कार्यालयमा जम्मा भएर हाजिरी गरेको नेपाल शिक्षक संघ नगरकार्य समितिका अध्यक्ष शंकर कुँवरले बताए। उनले भने, ‘धेरै शिक्षकहरू काठमाडौं आन्दोलनमा सहभागी हुन गएका छन्, जिल्लामा बसेका शिक्षकहरूले विरोधस्वरूप र केन्द्रको सर्कुलेसन अनुसार सबै पालिकामा गएर हाजिर लगाउने भन्ने भएकाले। आज सबै पालिकामा धर्नासहित हाजिरी गरेका छौं।’ 

आफ्ना माग पूरा नहुँदासम्म प्रत्येक दिन बिहान १० बजेदेखि ४ बजेसम्म नगरपालिका अगाडि धर्ना दिने र हाजिर पनि गर्ने कार्यक्रम रहेको त्रिपुरा सुन्दरी मावि प्रधानाध्यपक प्रेमबहादुर कुँवरले बताए। 

संघीय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी विधेयकमा भएका कतिपय प्रावधानप्रति असन्तुष्टि जनाउँदै देशभरका शिक्षकले अनिश्चितकालीन विद्यालय बन्द गरेर आन्दोलन सुरु गरेका छन्। 

प्रतिक्रिया