Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक प्रवेशमा भारतको रोक

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक प्रवेशमा भारतको रोक

धनगढीः २०१९ सम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भारत प्रवेश गर्न पाउने व्यवस्था थियो। तर कोरोना संक्रमणका बेला भारतले विदेशी नागरिक प्रवेशमा लगाएको रोक अहिले पनि जारी छ। यसले सबैभन्दा बढी असर नेपालको पर्यटन व्यवसामा परेको छ।

गड्डाचौकी नाकामा लगाएको रोक अझै कायम रहँदा विदेशी पर्यटकले दुःख पाउन थालेका छन्। भारतको दिल्ली, हिमाञ्चल र उत्तराखण्डका विभिन्न क्षेत्र घुमेर केही दिन गड्डाचौकी नाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई भारततिर फर्कन समस्या भएको छ। दिल्ली, नैनीताल, देहरादुन, बद्रीकेदार र केदारनाथ लगायतका क्षेत्रमा घुम्न आउने पर्यटक सुदूरपश्चिम भ्रमणमा आउन चाहे पनि समस्या झेल्नु परेको पर्यटन व्यवसायी परमानन्द भण्डारी बताउँछन्।

‘यहीँबाट फर्किन नपाउने भएपछि उनीहरु आउन छाडेका छन्।’ उनका अनुसार होटेल र स्पामा काम गर्ने विदेशी नागरिकले निश्चित अवधिका लागि भारत छाडनुपर्ने हुन्छ। त्यसका लागि दिल्ली, उत्तराखण्ड र हिमाञ्चलमा कार्यरतहरुका लागि गड्डाचौकी नाका निकै उपयुक्त मानिन्छ। तर उनीहरु फर्किन नपाउने भएपछि समस्या भएको छ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन २०२३ को हालसम्म सो नाकाबाट ५४१ जना विदेशी पर्यटक भित्रिएका छन्। तर उनीहरु फर्किदा भने अन्य नाका प्रयोग गर्नु पर्ने बाध्यतामा छन्। ‘यही नाकाबाट फर्किन पाउने भए अझै धेरै पर्यटक भित्रिन सक्थे,’ अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्टले भने, ‘कोरोना संक्रमणका बेला प्रवेश रोक लगाएको अझै खुलेको छैन।’

प्रतिक्रिया