Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक प्रवेशमा भारतको रोक

गड्डाचौकी नाकाबाट विदेशी पर्यटक प्रवेशमा भारतको रोक

धनगढीः २०१९ सम्म कञ्चनपुरको गड्डाचौकी नाकाबाट विदेशी पर्यटक भारत प्रवेश गर्न पाउने व्यवस्था थियो। तर कोरोना संक्रमणका बेला भारतले विदेशी नागरिक प्रवेशमा लगाएको रोक अहिले पनि जारी छ। यसले सबैभन्दा बढी असर नेपालको पर्यटन व्यवसामा परेको छ।

गड्डाचौकी नाकामा लगाएको रोक अझै कायम रहँदा विदेशी पर्यटकले दुःख पाउन थालेका छन्। भारतको दिल्ली, हिमाञ्चल र उत्तराखण्डका विभिन्न क्षेत्र घुमेर केही दिन गड्डाचौकी नाका हुँदै नेपाल भित्रिने विदेशी पर्यटकलाई भारततिर फर्कन समस्या भएको छ। दिल्ली, नैनीताल, देहरादुन, बद्रीकेदार र केदारनाथ लगायतका क्षेत्रमा घुम्न आउने पर्यटक सुदूरपश्चिम भ्रमणमा आउन चाहे पनि समस्या झेल्नु परेको पर्यटन व्यवसायी परमानन्द भण्डारी बताउँछन्।

‘यहीँबाट फर्किन नपाउने भएपछि उनीहरु आउन छाडेका छन्।’ उनका अनुसार होटेल र स्पामा काम गर्ने विदेशी नागरिकले निश्चित अवधिका लागि भारत छाडनुपर्ने हुन्छ। त्यसका लागि दिल्ली, उत्तराखण्ड र हिमाञ्चलमा कार्यरतहरुका लागि गड्डाचौकी नाका निकै उपयुक्त मानिन्छ। तर उनीहरु फर्किन नपाउने भएपछि समस्या भएको छ।

गड्डाचौकीस्थित अध्यागमन कार्यालयका अनुसार सन २०२३ को हालसम्म सो नाकाबाट ५४१ जना विदेशी पर्यटक भित्रिएका छन्। तर उनीहरु फर्किदा भने अन्य नाका प्रयोग गर्नु पर्ने बाध्यतामा छन्। ‘यही नाकाबाट फर्किन पाउने भए अझै धेरै पर्यटक भित्रिन सक्थे,’ अध्यागमन कार्यालयका प्रमुख पदमराज भट्टले भने, ‘कोरोना संक्रमणका बेला प्रवेश रोक लगाएको अझै खुलेको छैन।’

प्रतिक्रिया