ताजा अपडेट
मुगुको गमगढी बजारमा आगलागी हुँदा आठ घर जलेर नष्ट
मुगुः मुगु जिल्लाको सदरमुकाम गमगढी बजारमा गएराति भएको आगलागीमा परी आठ घर जलेर पुर्ण रुपमा नष्ट भएका छन्। न्युरोडदेखि कृष्ण चोक जाने सडक छेउका घरहरुमा आगलागी भएको हो।
नरेश शाहीको कम्प्युटर पसल रहेको घरबाट सुरु भएको आगलागीबाट प्रदिप रावल, जंग ऐडी, गगन शाही, पुतली शाही, जंग बुढा, तार्के लामा सहितका ८ घर जलेर नष्ट भएका छन्। आगो नियन्त्रणका लागि नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, नगर प्रहरी र स्थानीय जुटेका छन्।
आगलागीबाट नष्ट भएका घरहरुमा थुप्रै पसल गोदाम र डेरा भएकाले ग्याँस सिलिन्डर पड्केर आगो नियन्त्रण गर्न मुश्किल परेको थियो। तीन बर्ष यता गमगढी बजारमा यस्ता आगलागीका घटना पटक पटक हुँदै आएका छन्।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया