ताजा अपडेट
भासु भीर मन्दिर क्षेत्र नजिकै मोटरसाईकल दुर्घटना : चालकको मृत्यु
कैलालीको चुरे गाउँपालिका-५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ।
मन्दिर नजिकै भीमदत्त राजमार्गमा तराईबाट पहाडतर्फ जाँदै गरेको से. ६ प. ८७२१ नं. को मोटरसाईकल अनियन्त्रित भई अन्दाजी ५० मिटर तल भिरमा खसेर शुक्रबार साँझतिर दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला डोटी, जोरायल गा.पा. वडा नं. १ बस्ने बर्ष १९ को भिम बहादुर बि.क को शनिबार बिहान मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भई उपचारका लागी पदमा अस्पताल अत्तरीया हुदै निसर्ग अस्पतालधनगढीमा उपचार कै क्रममा निजको मृत्यु भएको हो । साथै दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाँउ बस्ने बर्ष ४५ को ओम प्रकाश सुनारको निसर्ग अस्पतालधनगढीमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया