ताजा अपडेट
भासु भीर मन्दिर क्षेत्र नजिकै मोटरसाईकल दुर्घटना : चालकको मृत्यु
कैलालीको चुरे गाउँपालिका-५ भासु भीर क्षेत्र मन्दिर नजिकै भएको मोटरसाईकल दुर्घटनामा चालकको मृत्यु भएको छ।
मन्दिर नजिकै भीमदत्त राजमार्गमा तराईबाट पहाडतर्फ जाँदै गरेको से. ६ प. ८७२१ नं. को मोटरसाईकल अनियन्त्रित भई अन्दाजी ५० मिटर तल भिरमा खसेर शुक्रबार साँझतिर दुर्घटना हुँदा मोटरसाईकल चालक जिल्ला डोटी, जोरायल गा.पा. वडा नं. १ बस्ने बर्ष १९ को भिम बहादुर बि.क को शनिबार बिहान मृत्यु भएको हो ।
दुर्घटनामा गम्भिर घाईते भई उपचारका लागी पदमा अस्पताल अत्तरीया हुदै निसर्ग अस्पतालधनगढीमा उपचार कै क्रममा निजको मृत्यु भएको हो । साथै दुर्घटनामा घाईते भएका मोटरसाईकल पछाडी सवार सोही ठाँउ बस्ने बर्ष ४५ को ओम प्रकाश सुनारको निसर्ग अस्पतालधनगढीमा उपचार भईरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
काठमाडौंमा रहेका अछामका युवाद्वारा ‘बोल्छ अछाम’ साझा अभियान घोषणा
-
अबको यात्रा महामन्त्रीः संगठनको भुइँदेखि केन्द्रीय शक्ति संरचनासम्म नैन सिंह महर
-
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु
-
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती
-
लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद
प्रतिक्रिया