Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, ३१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिमबाट अख्तियारको कार्यालय महेन्द्रनगरमा २८४ मुद्दा दायर

सुदूरपश्चिमबाट अख्तियारको कार्यालय महेन्द्रनगरमा २८४ मुद्दा दायर

धनगढीः सुदूरपश्चिम प्रदेशबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई सय ८४ मुद्दा दायर भएका छन्।

चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना नपुग्दै अनियमितता विरुद्धका दुई सय ८४ मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर (महेन्द्रनगर) मा दर्ता भएका हुन्। अख्तियारमा सबैभन्दा बढी साउन महिनामा अनियमितता विरुद्धका एक सय ७३ मुद्दा दायर भएका छन्।

भदौ महिनामा ८५ र हिजो (आइतबार)सम्म थप २६ गरी कुल दुई सय ८४ मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुले जनाएको छ। कुल उजुरीमध्ये ३५ प्रतिशत भन्दा बढी उजुरी स्थानीय तहसँग सम्वन्धित रहेको कार्यालयले बताएको छ। संघ, प्रदेश र स्थानीय तहबाट कार्यान्वय हुने कतिपय योजनामा हुने अनियमितता विरुद्ध धमाधम उजुरी दर्ता हुनेक्रम बढेको छ।

उजुरीकर्ताले आयोगको वेभसाइट, भाइबर, हुलाक सेवा, इमेल, टेलिफोन तथा लिखित रुपमै अनियमितता विरुद्ध उजुरी गर्नेको संख्या दैनिक रुपमा बढ्न थालेको छ। कार्यालयमा अनियमितता विरुद्ध दैनिक औषतमा चारवटा उजुरी दर्ता हुने गरेको समेत पाइएको छ। यस्ता उजुरी प्रदेशका नौवटै जिल्लाबाट पर्ने गरेको अख्तियारको कार्यालय कञ्चनपुरले बताएको छ।

प्रतिक्रिया