Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

सोमबार, ११ साउन २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिमबाट अख्तियारको कार्यालय महेन्द्रनगरमा २८४ मुद्दा दायर

सुदूरपश्चिमबाट अख्तियारको कार्यालय महेन्द्रनगरमा २८४ मुद्दा दायर

धनगढीः सुदूरपश्चिम प्रदेशबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुई सय ८४ मुद्दा दायर भएका छन्।

चालु आर्थिक वर्ष सुरु भएको साढे दुई महिना नपुग्दै अनियमितता विरुद्धका दुई सय ८४ मुद्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुर (महेन्द्रनगर) मा दर्ता भएका हुन्। अख्तियारमा सबैभन्दा बढी साउन महिनामा अनियमितता विरुद्धका एक सय ७३ मुद्दा दायर भएका छन्।

भदौ महिनामा ८५ र हिजो (आइतबार)सम्म थप २६ गरी कुल दुई सय ८४ मुद्दा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुले जनाएको छ। कुल उजुरीमध्ये ३५ प्रतिशत भन्दा बढी उजुरी स्थानीय तहसँग सम्वन्धित रहेको कार्यालयले बताएको छ। संघ, प्रदेश र स्थानीय तहबाट कार्यान्वय हुने कतिपय योजनामा हुने अनियमितता विरुद्ध धमाधम उजुरी दर्ता हुनेक्रम बढेको छ।

उजुरीकर्ताले आयोगको वेभसाइट, भाइबर, हुलाक सेवा, इमेल, टेलिफोन तथा लिखित रुपमै अनियमितता विरुद्ध उजुरी गर्नेको संख्या दैनिक रुपमा बढ्न थालेको छ। कार्यालयमा अनियमितता विरुद्ध दैनिक औषतमा चारवटा उजुरी दर्ता हुने गरेको समेत पाइएको छ। यस्ता उजुरी प्रदेशका नौवटै जिल्लाबाट पर्ने गरेको अख्तियारको कार्यालय कञ्चनपुरले बताएको छ।

प्रतिक्रिया