Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शनिबार, ०६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव नेपाली कांग्रेस र प्रजातन्त्रको स्वभाव श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न श्री सुदूरपश्चिम पृतना हे.क्वा. को संयोजकत्वमा “एकता दौड-२०८२” भव्यताका साथ सम्पन्न

बाजुराको माटेसाँगु गाउँमा भाइरल ज्वरो प्रकोप, २ जनाको मृत्यु

बाजुराको माटेसाँगु गाउँमा भाइरल ज्वरो प्रकोप, २ जनाको मृत्यु

बाजुरा–बाजुराको खप्तडछेडेदह गाउँपालिका २ माँटेसागुमा भाइरल ज्वरो कारणले गाउँनै प्रभाबित बनेको छ । ज्वरोका कारण २ जनाको मृत्यु भएको स्थानिय दिर्घ बहादुर शाहीले वताएका छन् । मृत्यु हुनेमा ४९ बर्षिय सौरा देबी बुढा र ६२ बर्षिय कुल बहादुर शाहीको मृत्यु भएको हो । बुढाको चार दिन पहिला र शाहीको आइतवार राति मृत्यु भएको हो ।

गाउँमा रहेका १ सय ६० बढी परिवारको सबै घरमा बिरामी परेका छन् । २ जनाको मृत्यु भइसकेको छ । भाइरल ज्वरोले पुरै गाउँनै प्रभाबित रहेको स्थानिय गणेश बहादुर शाहीले वताए । कुनै घरका पुरै सदस्य बिरामी परेका छन्, । एक दुइजना त सबै घरमा बिरामी परेको स्थानियले वताएका छन् । भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको छ, उपचारका लागि पहल गर्दा पनि कतै बाट स्वास्थ्यकर्मी नआएको स्थानियको आरोप रहेको छ ।

ज्वरो १ सय ३ डिग्रि माथि आउने, खोकी लाग्ने, शास फुल्ने जस्ता लक्षण देखा परेको स्थानियले वताएका छन् । गाउँमा भाइरल ज्वरो फैलिएको खबर पाएपछि स्वास्थ्यकर्मीको टिम पठाउन लागेको स्वास्थ्य कार्यलय बाजुराका निमित्त प्रमुख महेश चन्दले वताएका छन् । खप्तडछेडेदह गाउँपालिका बाट दुइ जना स्वास्थ्यकर्मी पठाइसकेको र जिल्ला स्वास्थ्य कार्यलय बाट औषधि सहितको टोलि पठाउन लागेको चन्दले वताएका छन् ।

भाइरल ज्वरो बाट बयबृद्ध, बालवालिका र दिर्घरोगि सबै भन्दा बढी प्रभाबित भएका छन् । स्वास्थ्य चौकी १ घण्टा टाढा रहेकाले उपचारमा जान निकै समस्या भएको छ । घरका सबै बिरामी परेका छन्, बोकेर लिने कोही छैन्, बर्षात सडक बन्द भएपछि घरमै बिरामी परेर थला परेको स्थानिय गणेश शाहीले वताए । वडा तथा पालिकामा पटक पटक जानकारी गर्दा पनि अहिले सम्म स्वास्थ्यकर्मी नपुगेको उनले वताए । कसैको घरमा पानि दिने समेत नरहेको उनले वताएका छन् ।

गाउँपालिका अध्यक्ष दिल बहादुर रावत अनुसार स्वास्थ्यकर्मी टोलि प्रभाबित क्षेत्रमा पठाइसकेको वताएका छन् । ल्याब सहितको टोलि पठाएका छौ, रोगको पहिचान गरेर नियन्त्रण नभए जिल्ला, प्रदेश, संघमा सहयोगका लागि खबर गर्ने रावतले वताए ।

प्रतिक्रिया