ताजा अपडेट
अछाममा एकजना गर्भवती महिलालाई हेलिकप्टर बाट उद्दार
अछाममा एकजना गर्भवती महिलालाई हेलिकप्टर बाट उद्दार गरिएको छ । ढकारी गाउँपालिका वडा नम्बर ७ निवासी २५ वर्षिय मंगलि थापाको ३६ हप्ताको गर्भ चलिरहेको , सेप्सिमा भएर ब्लड प्रेसर र सेतो रगत कमि हुनुका साथै लगातार ज्वरो आइरहेको र पेटमा रहेको बच्चाको मुटुको धड्कन बढेकोले अछाममा उपचार हुन् नसकेको हो ।
जिल्ला अस्पताल अछाममा उपचार सम्भव नभएकोले आइसियु र प्रसुती दुबै सेवा भएको अस्पतालमा लैजान भन्दै जिल्ला अस्पताल अछामले रेफर गरेको थियो ।
मंगलि थापाको थप उपचारका लागि तत्कालै हेलिकप्टर बाट उद्वार गर्नुपर्ने देखिएकोले महिला बालबालिका तथा राष्ट्रपति महिला उद्वार कार्यक्रम अन्तर्गत नेपाली सेनाको हेलिकप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले जानकारी दिनुभयो ।
अछाम जिल्ला स्थित गोरख बक्स गणको हेलिप्याड बाट थापा लाई हेलिकप्टरमा लगिएको थियो ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया