Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षामा चार हजार ७१ प्रहरी परिचालन

सुदूरपश्चिममा चाडपर्व लक्षित सुरक्षामा चार हजार ७१ प्रहरी परिचालन

धनगढीः सुदूरपश्चिम प्रदेशभित्र यस वर्ष चाडपर्व लक्षित सुरक्षा व्यवस्थालाई कडा पारिने भएको छ। दशैं तिहारमा हुने सम्भावित आपराधिक घटनालाई मध्यनजर गरी सुरक्षा व्यवस्था कडा पारिने भएको हो। 

प्रदेशका सबै जिल्लामा सम्भावित जोखिमको अध्ययन गर्दै सुरक्षा व्यवस्था कडा पारिने गरी तयारी भइरहेको छ। प्रहरीको सङ्ख्या बढाएर सीमा नाका र ग्रामीण बस्तीहरूमा प्रहरी परिचालन गरिने भएको छ। सीमा क्षेत्रबाट हुने तस्करी र ग्रामीण बस्तीमा हुने झगडा तथा सवारी दुर्घटना कम गर्न ट्राफिक प्रहरीको समेत सहयोग लिइने सुदूरपश्चिम प्रदेश प्रहरीका प्रवक्ता उज्जल मर्हजनले बताए। 

सुदूरपश्चिम प्रदेशमा चाडपर्वको अवधिमा हुनसम्मने सम्भावित घटनालाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागु गरिने भएको छ। दशैं तिहारका बेला हुने लापर्बाहीले अप्रिय घटनासमेत हुने भन्दै ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिने तयारी भइरहेको हो। जिल्ला र स्थान अनुसार सुरक्षाको अवस्थाको आकलन गरेर प्रहरी परिचालन गरिने सुदूरपश्चिम प्रदेश प्रहरीका मर्हजनले बताए। 

दशैँ तिहारको समयमा प्रहरीको गस्ती बढाइने छ। ग्रामीण क्षेत्र तथा सीमा नाकाहरुमा प्रहरीको गस्ती बढाइने भएको हो। भारतबाट स्वदेश फर्किने नेपाली सीमा क्षेत्रमा लुटिने लगाएतका घटना हुन सक्ने भएकाले सीमा क्षेत्रमा प्रहरीको सकृयता बढाउने तयारी समेत भइरहेको छ।

ग्रामीण क्षेत्रमा कल–झगडा, चोरी तथा डकैतीका घटना हुन सक्ने भन्दै प्रहरीले गस्ती बढाउने भएको छ। प्रदेश प्रहरी प्रमुख भरतबहादुर बोहराले चार हजार ७१ प्रहरी चाडपर्वको समयमा सुरक्षाका लागि परिचालन हुने बताए। उनले भने, ‘९ वटै जिल्लाबाट सुरक्षा योजना मागेका छौ। सबै जिल्लाले सुरक्षा योजना तयार पारेका छन्। दशै, तिहार र छठमा मजबुत सुरक्षा योजनान तयार गरेका हौ। चार हजार ७१ जना सुरक्षाकर्मी परिचालन गरेका छौ।’

सहर, गाउँ, बस्तीमा साइकल टोली, मोबाइल टोली, हेल्प डेस्क र आवश्यक परे थप सुरक्षाकर्मी परिचालन हुने भएका हुन्। चाडपर्वको समयमा जथाभाबी रूपमा सवारीसाधन चलाउने र तीव्र गतिमा गाडी हाँक्नेलाई कारबाहीको दायरामा ल्याउनेछ। ट्राफिक प्रहरीको सहयोगमा सवारी चेकजाँचमासमेत कडाइ गरिने भएको हो। प्रहरी प्रवक्ता मर्हजनका अनुसार ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक दुर्घटना कम गर्ने काम हुने बताए। 

ठुला चाडपर्वको समयमा हुनसक्ने अपराधका घटनालाई मध्यनजर गर्दै थप प्रहरी परिचालन गरिने छ। दशैं, तिहार, छठजस्ता चाडपर्व लक्षित सुरक्षा योजनामा चोरी, तस्करी, झगडा, सडक दुर्घटनालगायत घटना हुन नदिन प्रदेश प्रहरीले सुरक्षा योजना तयार गर्दैछ। चाडपर्व लक्षित सुरक्षा योजनाअन्तर्गत नियमित ड्युटीसँगै रिजर्व फोर्स पनि परिचालन गरिने तयारी छ। प्रदेश प्रहरी प्रमुख बोहराले बैँक तथा वित्तीय संस्थाको सुरक्षामा समेत कडाइ गरिएको बताए।

प्रतिक्रिया