Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

बुधबार, ०१ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन अछामी सम्पर्क समिति युएई : प्रेम बोगटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

सुदूरपश्चिममा १५ हजार कुकुर बिरालालाई रेबिज विरुद्धको खोप

सुदूरपश्चिममा १५ हजार कुकुर बिरालालाई रेबिज विरुद्धको खोप

धनगढीः सुदूरपश्चिममा १५ हजार कुकुर बिरालालाई रेबिज विरुद्धको खोप लगाइएको छ।

१७ औं राष्ट्रिय रेबिज दिवसको अवसरमा कुकुर बिरालालाई निःशुल्क खोप लगाइएको हो। यस्तै, रेबिज सप्ताहमा सुदूरपश्चिमका विभिन्न जिल्लाका विद्यालयमा गएर पाँच हजार विद्यार्थीलाई रेबिजको विषयमा आवश्यक शिक्षा दिने काम भएको पशु अन्वेषण प्रयोगशाला धनगढीका प्रमुख डाक्टर नरेशप्रसाद जोशीले बताए।

रेबिज सप्ताहकै अवसरमा सुदूरपश्चिमका ५० जना पशु चिकित्सक र प्राविधिकलाई ब्रेन सेम्पल निकालेर रेबिज परीक्षण गर्ने तालिम प्रदान गरिएको छ। रेबिज विरुद्धको १५ हजार खोप मध्ये १० हजार खोप केन्द्रीय पशु सेवा विभागबाट उपलब्ध भएको हो भने पाँच हजार खोप सुदूरपश्चिम प्रदेश सरकारले उपलब्ध गराएको हो।

प्रतिक्रिया