Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २६ असार २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

रामारोशनमा विभिन्न ४६ बढी देशका नागरिकहरुले पर्यटन दिवस मनाए

रामारोशनमा विभिन्न ४६ बढी देशका नागरिकहरुले पर्यटन दिवस मनाए

अछामः अछामको पर्यटकीय स्थल रामारोशनमा विभिन्न ४६ देशका पर्यटक हरु भरिभराउ भएका छन् ।

१ महिना देखि तीन महिनासम्म अछामको रामारोशनमा घुम्ने उदेश्यका साथ विभिन्न देशका नागरिकहरु सम्मीलित world rainbow family नामक समुहको जमघट तथा पर्यटकीय स्थल रामारोशनको विभिन्न ठाउँको अवलोकन कार्यक्रम जारी रहेको छ । बुधबार बिश्व पर्यटन दिवसको अवसरमा पर्यटन क्षेत्र विकास समितीको आयोजनामा देउडा तथा सास्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।  विभिन्न ४६ बढी देशका नागरिकहरुले स्थानीय देउडा तथा सास्कृतिक कार्यक्रममा रामाउदै पर्यटन दिवस मनाएका थिए ।

रामे र रोशन नाम गरेका दुई दाजुभाइको नामबाट यस क्षेत्रको नाम रामारोशन रहेको किम्बदन्ती यहाँका मानिस सुनाउँछन् । एकथरीले यो क्षेत्रमा शिव-पार्वती बस्ने गरेकाले नै रामारोशन नामकरण भएको बताउँछन् ।

रामारोशन गाउँपालिका-६ स्थित पर्यटकीय लेकमा रहेको रामारोशन ताल ‘बाह्र बण्ड, अठार खण्ड’का नामले पनि चिनिन्छ । बाह्र बण्ड भनेको यहाँका १२ वटा ताललाई जनाउँछ भने अठार खण्ड भनेको यहाँ रहेका १८ वटा चौरलाई जनाउँछ ।

पर्यटकीय क्षेत्र रामारोशनको सुन्दरताको वणर्न गरी नसक्नु छ । पर्यटकहरुका लागि एक स्वर्गस्थल हो रामारोशन । रामारोशन पर्यटकीय क्षेत्रमा दर्जनौं समथर फाँटहरु, ढपक्कै धर्ती ढाकेर फुल्ने फूलहरुले मन लोभ्याउँछन् । हरिया पाटनमाथि सेताम्मे डाँफे, मुनालजस्ता चरा, कस्तुरी र झारल देख्न सकिन्छ । ईश्वरकै वरदान हो रामारोशन । हरियाली फाँट, त्यसमाथि फुलेका रंगीबिरंगी फूलहरू निकै मोहक र आकर्षक देखिन्छन् । यहाँ डाँफे, मुनाल कस्तुरी, मृग घोरललगायत चरा र नेपालमै लोप हुन लागेका जनावरहरू रामारोशन क्षेत्रको अवलोकन गर्ने जोकोहीले पनि देख्न सक्नुहुन्छ । मनै लोभ्याउने तालहरु छन् । पर्यटक हरु बार्‍ह बण्ड र अठार खण्डका नामले परिचीत  रामारोशनका मैदान तथा मैदान आसपास क्षेत्रमा हरुमा टेण्ट हालेर बस्दै आएका छन् ।

पर्यटक हरुका माध्यमद्वारा रामारोशनलाइ विकास गर्न सकिने स्थानीय पुर्ण बहादुर बिकले बताउनुभयो । पर्यटक हरुको आवागमनले यहाँ स्थानीयको ब्यापार ब्यवसायमा समेत फाइदा पुगेकोले पर्यटक हरुको निरन्तरता र उनीहरुको  ब्यवस्थापनमा स्थानीय सरकार सकृय भएर लाग्नुपर्ने उनको भनाइ छ ।

रामारोशनमा घुम्न आएका विभिन्न देशका नागरिकहरुलाइ गाउँपालिकाले स्वागत सहित पर्यटकिय स्थलमा पठाएको गाउँपालिका अध्यक्ष मानबहादुर साउदले बताउनुभयो। उनीहरुको रामारोशन  आगमनले रामारोशनको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रचारप्रसार र पर्यटन प्रवर्द्धनमा ठुलो टेवा पुग्ने बताए । साथै उहाँले पर्यटक हरुलाइ स्थानिय हरुले सम्मान गर्नुपर्ने समेत बताउनुभयो ।त्यस्तै उहाँले विदेशी पर्यटकहरु वातावरणमा समेत प्रतिकुल असर नपर्ने गरि बसेको ,स्थानीय  बाट विभिन्न खाद्य सामाग्री लगायतका बस्तु हरु खरिद गर्ने गरेको , सामाजिक रूपमा समेत प्रतिकुल  असर नपर्ने गरि बस्दै आएको ,र पर्यटन भिजा समेत रहेकोले रामारोशन पर्यटकीय क्षेत्रको विकासमा ठुलो टेवा पुग्ने देखिएको  बताउनुभयो ।

 अछामको पर्यटकीय स्थल रामारोशनमा आएका विदेशी हरु हाम्रा पाउना भएकोले उनीहरुलाई सहयोग गर्नु हाम्रो कर्तब्य भएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताउनुभयो ।

उनिहरुलाई रामरोशनमा सर्त सहित छोडिएको र कानुन बिपरित गतिविधि गरे प्रकाउ गर्नु भनेर गृह मन्त्रालयले भनेकाले उनीहरुलाइ सचेत समेत गराइएको बताउनुभयो ।

रामारोशन आएका बिदेशी नागरिकले १ महिना देखि ३ महिना सम्मको भिसा लिएको, उनिहरुलेरामारोशन क्षेत्रमा टेन्ट गाडेर बसेका कुरा स्थानीय तह ,रामारोशन पर्यटन बोर्ड लगायत सरोकारवाला निकायलाई जानकारी नभएकोले उनीहरुलाई रामारोशन प्रवेशमा केहि दिन रोकिएको थियोे । रामारोशन गाउँपालिकाले उनीहरुलाई प्रवेश गर्ने अनुमति  दिन गृहमन्त्रालय , सस्कृती ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई अनुरोध गरेपछि मन्त्रालयको अनुमति आएपछि उनीहरु रामारोशन क्षेत्रमा प्रवेश गर्न पाएका हुन् ।

हालसम्म रामारोशनमा विभिन्न ४६ बढी  देशका  ६४१ जना विदेशी पर्यटक हरु आएका र अन्य विभिन्न देशका नागरिक हरु पनि आउने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताउनुभयो ।

प्रतिक्रिया