ताजा अपडेट
डोटीमा जिपबाट खसेर गम्भीर घाइते भएकी महिलाको मृत्यु
डोटीमा जिपबाट खसेर गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।
गत भदौ २० गते जिपबाट खसेर घाइते भएकी दिपायल सिलगढी नगरपालिका-१ कि ३३ वर्षिया महेश्वरी साउदको बिहिवार मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार आदर्श गाउँपालिकाबाट दिपायल तर्फ आउँदै गरेको आदर्श गाउँपालिका-०६ का टेक लुहारले चलाएको सु.प.प्र. ०१–००१–३७८४ नम्बरको बोलेरो जिपको पछाडि सवार साउँद एयरपोर्ट रोड स्थित खसेर गम्भीर घाइते भएकी थिइन् ।
घाइते साउदलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी लगिएकोमा त्यहाँ केही दिनको उपचारपछि उनको उपचारमा संलग्न डाक्टरले थप उपचार सम्भव नरहेको बताएपछि बुधवार (हिजो) घर ल्याइएको थियो ।
साउदको बिहिवार (आज) दिउँसो १२ बजे दिपायल सिलगढी नगरपालिका स्थित घरमै मृत्यु भएको बताइएको छ । लासको घटनास्थल लास जाँच प्रकृति मुचुल्काको कार्य गरी थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया