Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

आइतबार, ०७ भदौ २०८३
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर  निर्वाचित (नतिजा सहित) सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित) मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति अध्यक्ष ओली र नेता लेखकलाई थप दुई दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? एमाले लुम्बिनी सांसद रेखा शर्मा पक्राउ, घटना के थियो ? यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची यि हुन बालेन सरकारको शासकीय सुधारका १०० कार्यसूची

सुदूरपश्चिमका वन निर्देशक भट्टको घुस काण्डको प्रतिवेदन तयार

सुदूरपश्चिमका वन निर्देशक भट्टको घुस काण्डको प्रतिवेदन तयार

धनगढीः सुदूरपश्चिमका तत्कालीन वन निर्देशक कृष्ण भट्टले घुस लिएको घटनाको प्रतिवेदन तयार भएको छ। सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले घुस काण्डको छानबिन प्रतिवेदन तयार पारेको हो। उपसमितिले एक हप्ता अगाडी छानबिन प्रतिवेदन लेखा समितिमा बुझाएको छ।

तर, सार्वजनिक लेखा समितिको बैठक बस्न सकेको छैन। समितिको बैठक नबसेकाले प्रतिवेदनसमेत सार्वजनिक गरिएको छ। प्रदेश सभा सदस्य तथा पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी संयोजक रहेको छानबिन समितिले प्रतिवेदन तयार पारेको हो। उक्त समितिले प्रतिवेदन लेखा समितिको बैठकमा सार्वजनिक गरिनेछ। सार्वजनिक लेखा समितिको बैठक बस्न नसकेकाले प्रतिवेदन सार्वजनिक नभएको प्रदेश सभा सदस्य सन्तोष कुमारी शर्मा (थापा)ले बताइन्। उनका अनुसार सार्वजनिक लेखा समितिको बैठकमा छानबिन प्रतिवेदन सार्वजनिक गरिनेछ। 

छानबिन समितिमा वीरबहादुर थापा, खेमादेवी विष्ट, बेलबहादुर राना मगर र टीका थापालाई सदस्य बनाइएको थियो। भट्टले पदको दुरुपयोग गर्दै अवैध रकम असुली गरेको र अनुदान रकम दुरुपयोग गरेको भन्दै लेखा समितिमा उजुरी परेको थियो। उक्त छानबिन उपसमितिले भट्टलाई भौतिक रूपमै उपस्थित गराएर बयान लिएको थियो। उपसमितिले भट्टलाई ९ प्रश्न सोधेको थियो। भट्टले भिडियोमा देखाइएको व्यक्ति आफू भए पनि त्यसमा बोलेको कुरा आफ्नो नभएको दाबी गरेका थिए।

गत साउन ३२ गते सुदूरपश्चिमका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले घुस खाएको भिडिओ दिनेशखबरले सार्वजनिक गरेको थियो। भट्टले मातहतका कार्यालयबाट घुस रकम लिएको भिडिओमा बताएका छन्। गाली गरेको भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले सुमेत भदौ ३ गते निमित्त निर्देशक भट्टलाई स्पष्टीकरण सोधेका थिए। भदौ ६ गतेबाट मन्त्रालयमा लाइन हाजिर लगाउने पत्रसमेत थमाएका थिए। dineshkhabar bata

प्रतिक्रिया

ट्रेन्डिङ