Hamro Bulletin

हाम्रो बुलेटिन - सुचना को नयाँ आयम

शुक्रबार, २४ असोज २०८२
प्रचलनमा:
ताजा अपडेट
साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु साँफेबगर नगरपालिकाको बाब्लामा केन्द्रीय लाइन विद्युत सेवा सुरु राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती राजनीतिक आँधीमा नेपाल : संकट, सम्भावना र चुनौती लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद लुटिएका ३३ लाख ७० हजार नगदसहित हतियारहरू पनि बरामद कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए कैलालीका अर्बौँका सरकारी संरचना ध्वस्त भए नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम नेतृत्व खोज्दै जेन-जी, बालेनलाई आन्दोलनमा आउन २ बजेसम्मको अल्टिमेटम अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै अछामको साँफेबगर सहित सुदूरपश्चिममा छ इलाका प्रशासन कार्यालय थपिँदै “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान “सफा खप्तड समरजीतको प्रतिवद्धता” भन्ने मूल नारा सहित व्यापक सरसफाई अभियान खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि खाप्पर दह मेला–२०८२ सम्पन्न, स्वास्थ्य सेवा र सरसफाइ अभियान पनि साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा साँफेबगर नगरपालिका र खाद्य व्यवस्था कम्पनीबीच सम्झौता, अब किसानको उत्पादन सिधै डिपोमार्फत बजारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा उज्यालो बाँड्ने शिक्षक अझैं सम्पर्क बिहिन, परिवार अन्धकारमा

सुदूरपश्चिमका वन निर्देशक भट्टको घुस काण्डको प्रतिवेदन तयार

सुदूरपश्चिमका वन निर्देशक भट्टको घुस काण्डको प्रतिवेदन तयार

धनगढीः सुदूरपश्चिमका तत्कालीन वन निर्देशक कृष्ण भट्टले घुस लिएको घटनाको प्रतिवेदन तयार भएको छ। सुदूरपश्चिम प्रदेश सभाको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले घुस काण्डको छानबिन प्रतिवेदन तयार पारेको हो। उपसमितिले एक हप्ता अगाडी छानबिन प्रतिवेदन लेखा समितिमा बुझाएको छ।

तर, सार्वजनिक लेखा समितिको बैठक बस्न सकेको छैन। समितिको बैठक नबसेकाले प्रतिवेदनसमेत सार्वजनिक गरिएको छ। प्रदेश सभा सदस्य तथा पूर्व उद्योग पर्यटन वन तथा वातावरण मन्त्री मानबहादुर धामी संयोजक रहेको छानबिन समितिले प्रतिवेदन तयार पारेको हो। उक्त समितिले प्रतिवेदन लेखा समितिको बैठकमा सार्वजनिक गरिनेछ। सार्वजनिक लेखा समितिको बैठक बस्न नसकेकाले प्रतिवेदन सार्वजनिक नभएको प्रदेश सभा सदस्य सन्तोष कुमारी शर्मा (थापा)ले बताइन्। उनका अनुसार सार्वजनिक लेखा समितिको बैठकमा छानबिन प्रतिवेदन सार्वजनिक गरिनेछ। 

छानबिन समितिमा वीरबहादुर थापा, खेमादेवी विष्ट, बेलबहादुर राना मगर र टीका थापालाई सदस्य बनाइएको थियो। भट्टले पदको दुरुपयोग गर्दै अवैध रकम असुली गरेको र अनुदान रकम दुरुपयोग गरेको भन्दै लेखा समितिमा उजुरी परेको थियो। उक्त छानबिन उपसमितिले भट्टलाई भौतिक रूपमै उपस्थित गराएर बयान लिएको थियो। उपसमितिले भट्टलाई ९ प्रश्न सोधेको थियो। भट्टले भिडियोमा देखाइएको व्यक्ति आफू भए पनि त्यसमा बोलेको कुरा आफ्नो नभएको दाबी गरेका थिए।

गत साउन ३२ गते सुदूरपश्चिमका निमित्त वन निर्देशक कृष्णदत्त भट्टले घुस खाएको भिडिओ दिनेशखबरले सार्वजनिक गरेको थियो। भट्टले मातहतका कार्यालयबाट घुस रकम लिएको भिडिओमा बताएका छन्। गाली गरेको भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले सुमेत भदौ ३ गते निमित्त निर्देशक भट्टलाई स्पष्टीकरण सोधेका थिए। भदौ ६ गतेबाट मन्त्रालयमा लाइन हाजिर लगाउने पत्रसमेत थमाएका थिए। dineshkhabar bata

प्रतिक्रिया