ताजा अपडेट
सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु, प्रतिपदा र द्वितिया तिथिको श्राद्ध आजै
काठमाण्डाै - आजदेखि सोह्र श्राद्ध अर्थात् पितृ पक्ष शुरु भएको छ । आजै प्रतिपदा र द्वितीया तिथि श्राद्ध परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
असोज कृष्ण प्रतिपदादेखि असोज शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवङ्गत पितृलाई तर्पण, पिण्ड र सिदादान गरिने भएकाले सोह्रश्राद्ध भनिएको हो ।
चाडपर्व, यज्ञ तथा ठूलाकार्य गर्नु अघि पितृलाई श्रद्धा भक्तिकासाथ सम्झिने वैदिक सनातन हिन्दु परम्पराअनुसार सोह्रश्राद्ध गर्ने गरिन्छ ।
सोह्रश्राद्धमा पितृले आफ्ना सन्तानबाट तर्पण, पिण्डको आश गरिरहेका हुन्छन् भन्ने शास्त्रीय मान्यता छ । यसरी सोह्रश्राद्ध गर्नाले पितृप्रतिको दायित्व पूरा हुनाका साथै पितृऋणबाट पनि मुक्त भइन्छ भन्ने धार्मिक विश्वास छ ।
पितृ पक्षको समाप्तिसँगै दुर्गा पक्ष अर्थात् बडा दशैँ शुरु हुन्छ । यस वर्ष गएको साउन महिनामा अधिकमास परेकाले सोह्रश्राद्ध र बडादशैँ पछि सरेको छ ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने
-
सञ्चालक समिति सदस्यका उम्मेदवार कुँवरको अपिल
-
वैदेशिक रोजगारीमा ठगी गर्ने आरोपीको विवरण सार्वजनिक
प्रतिक्रिया