ताजा अपडेट
निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लियाे, आज रातिदेखि लागू हुने
काठमाण्डाै – नेपाल आयल निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिएकाे छ ।
आज आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले चाडबाडको बेलामा मूल्यवृद्धि गर्नु अनुचित भएको भन्दै निगमलाई फिर्ता लिन निर्देशन दिएको थियाे । त्यही निर्देशनअनुसार निगमले पेट्राेलियम पदार्थकाे मूल्यवृद्धि फिर्ता लिएकाे हाे ।
अहिलेकाे मूल्यवृद्धिलाई मूल्य स्थिरीकरण कोष तथा नेपाल सरकारबाट प्राप्त हुने रकमबाट समायोजन गर्ने गरी आजै राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि फिर्ता गर्ने निर्णय लिइएको निगमले जनाएको छ ।
निगमले हिजाे शनिवार पेट्रोल लिटरमा २ रुपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ६ रुपैयाँले बढाएको थियाे । त्यस्तै खाना पकाउने ग्यासकाे मूल्य प्रतिसिलिन्डर २ सय १५ रुपैयाँले बढाएकाे थियाे । निगमले हवाई इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुवैमा प्रतिलिटर ८ रुपैयाँले बढाएको थियाे ।
सम्बन्धित समाचार
ताजा अपडेट
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
साँफेबगर नगरपालिकाद्वारा उत्कृष्ट विद्यार्थीलाई शैक्षिक सामग्री तथा प्रोत्साहन वितरण
-
सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको अध्यक्षमा लक्ष्मण स्वाँर निर्वाचित (नतिजा सहित)
-
मुख्यमन्त्रीले अर्थ राख्ने, सामाजिक र वन अर्को पक्षले लिने : सुदूरपश्चिम कांग्रेसमा भागबण्डा
-
कांग्रेसको सुदूरपश्चिमस्तरीय भेलामा अन्य प्रदेशका कुनै पनि नेतालाई आमन्त्रण नगरिने


प्रतिक्रिया